२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाना पकाईरहेकी एउटी दलित युवतीमा जब एक्कासी काली-माता चड्यो…

१३ मंसिर २०७३, सोमबार १४:३१

प्रेम सुनार | मंसिर–१३, गुल्मी । आफुलाई कालि माता उत्रेको भन्दै गुल्मीको ऐतिहाँसिक चारपाला दरवारको ईस्वरी देवि मन्दिरमा त्यहाँका एक दलित युवती प्रवेश गरेर हिजोदेखि पुजा आराधना सुरु गरेकी छिन् ।  

उक्त चारपाला दरवार स्थापना भएको झण्डै तीन सताव्दीको ईतिहाँसमा दलित युवती उक्त मन्दिरमा एक्लै प्रवेश गरेर पुजा आराधना सुरु गरेपछि अन्य समुदाय भित्र हंगामा सुरु भएको छ । हिजो विहान खाना पकाई रहेको बेला एक्कासी कालिमाई उत्रेर घरबाट हिडेकी अमरअर्वाथोक–९ डाँडापोखरीकी १७ वर्षिया पुजा परियार साढे ९ वजे चारपाला दरवारमा प्रवेश गरेकी थिईन् ।  प्रवेश गरेपछि पुजा समितिका मानिसहरुलाई मैले ईस्वरी मातालाई प्रत्यक्ष भेटेर पुजा गर्न चाहन्छु ढोका खोलि दिनुहोस भनेर आग्रह गरिन् । तर समितिका कुनैपनि पदाधिकारीहरुले अहिले चाँपी छैन, खोल्न सकिदैन भनेर टारीरहे ।

उनको पालो साँझ ६ वजेसम्म नखोलिएपछि उनको शव्दमा कालिमाई कै शक्ती ग्रहण गरेर मुल ढोका फोरेर पुजा सुरु गरिन् । रातभरी पनि पुजा दिनैभर पनि पुजा सुरु गरेपछि आज जिल्लाका दलित अधिकारकर्मी सहित पुजा समिति र स्थानिय राजनैतिक दल बसेर उनले तीन दिन लगातार कालिमाईले पुजा गर्न भन्नु भएको छ भन्दै मन्दिर छाड्न नमानेपछि तीन दिनका लागि उनलाई त्यहाँ राखेर पुजा आराधना गराउन सवै मञ्जुर भएका छन् ।

पुजा समितिका अध्यक्ष रुद्रबहादुर बुचा मगर लगायतका केहि व्यक्तिले दिउँसो अवेरसम्म के कारणले ढोका खोलियो  ? जवकी पुजारी वाहेक कोही बस्न नपाउने निर्णय समितिले भन्दै उनलाई अफ्ठ्यारोमा पार्ने तर्कहरु निकाल्न खोज्दै थिए । तर त्यहाँका दलहरु र जिल्लाबाट गएका दलित अधिकारकर्मीहरु विच राम्ररी छलफल भएपछि उनिहरु पछि हटेका थिए । 


अमरअर्वाथोकको सरस्वती माविमा कक्षा १० मा अध्यानरत परियारले यो मन्दिर सवैका लागि हो, दलितले पुजा गर्न हुँदैन भनेर मलाई देवि उत्रिदा समेत वाहिराउने निकै प्रयास गरियो र भित्र पस्न नदिन घण्टौंसम्म तानावाना वुनेर मलाई दुख दिईयो, त्यसपछि साँझ कालिमाता आफै शक्ती ग्रहण गरेर ठुलो ताल्चा फोरेर मलाई भित्र पसाउनु भयो ।

वाहिरबाट मुखले चिप्लो घस्नेहरु यस मन्दिरका लुटेरा रहेछन् भन्ने कुरा आफुले थाह पाएको उनको आरोप थियो । उनले पटक-पटक लुटेराहरुको संज्ञा दिदै समितिका मान्छेहरु मानव विरोधी, देवि–देउता विरोधी भएको आरोप लगाईन् । उनी मन्दिर प्रवेश गर्ने शाहस आफुले नबटुलेर कालिमाता आफैले बटुलेको ठोकुवा गरिन् ।

उनले कालिमाताले जस्तो खालको रुपरेखा र कृयाकलाप गर्ने गरेको देखिन्थ्यो, त्यो जस्ताको त्यस्तै गर्ने गर्दछिन् । नढाँटी आफ्ना विवरण पेश गरे, उनले सवै वकेर प्रष्ट पारी दिन्छीन् । मनमा पाप राखेर वोले उनलाई बक्न किनै सकस हुने र बेहोस हुने गर्दछिन् ।

आफुलाई मन्दिर प्रवेश गर्न रोक लगाउने र घृणा गर्नेहरुलाई कहिल्लै भलो नहुने उनको भनाई छ । उनका काका ईस्वरी परियारका अनुसार उनलाई दशैको घटस्थापना देखि कालिमाई उत्रेको थियो ।

त्यस अघि उनलाई केहि भएको थिएन । तर नहुने चोखो जल चढाउँदै उनि समान्य अवस्थामा स्कुल जाने गर्दथिन् । उनका पिता लक्ष्मण परियार भारतमा जागिरे भएकोले उनि भारतमै जन्मेर हिन्दुधर्मकी अनुयायी रहेकी थिईन् । 

नेपाली कांग्रेसका नेता अशोक थापा, नेकपा एमालेका नेता अशोक श्रेष्ठ र नेकमा माओवादी केन्द्रका स्थानिय नेता डिलबहादुर बिक, ईस्वरी माविका प्रधानध्यापक हरिबहादुर कार्की लगायतका परिवर्तनका पक्षधर स्थानिय शिक्षक वुद्धिजिवीहरुले दलित वा जो कोही पसेर पुजा गर्दैमा फरक नपर्ने तर्क राखेपछि कुनिष्ठा देख्ने जस्ता पुरातनवादीहरु पछि हट्न बाध्य भएका थिए ।

मन्दिर प्रवेशको विवाद चर्किन सक्ने सम्भावना देखेर स्थानिय दलित समुदायहरुले वोलाएपछि दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका उपाध्यक्ष  ईस्वरी परियार, नेपाल दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष धर्म बिक र यसै समाचारदाताहरु त्यहाँ पुगेका थिए ।

झण्डै चार घण्टा लामो छलफल पछि सहज वातवरण बनेर उनलाई थप दुई दिन त्यसै मन्दिरमा राखेर पुजा गर्न दिने त्यस पछि उनलाई  त्यस भेगको गहनाका रुपमा संरक्षण र सम्मान गर्न कुनै सुरक्षित स्थानको व्यवस्था समेत गरेर वाहिरी गाउँका मानिसहरुलाई समेत बोलाएर गह्र दशा हेर्ने वातवरण मिलाउने सहमति बनेको थियो  ।

परियार पनि त्यस कुरामा सहमत भईन् र पुजा सुरु गरेर बसीरहेकी छिन् । 

उनको मन्दिर प्रवेशले चारपाला दरवारको परम्परा तोडिएको छ तर स्थानियको मानसिकता दिलैदेखि तोडिने वा नतोडिने कुरामा भने भविश्यले बताउने देखिएको छ । यस प्रश्नमा स्थानिय ग्रैह दलित शिक्षक वुद्धिजिवी र राजनैतिक दलका नेताहरुले मानसिकताबाटै पनि तोडिने तर्क राखेका छन् ।

‘जातिय विभेद चारपालावासीले राखेनन र उनिहरुले अन्य गाउँवासीलाई पनि सकरात्मक सन्देश दिएका छन् ’–जिल्लाबाट गएका तिनै जना दलित अधिकारकर्मीले यस्तो प्रतिकृया दिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की