2026-09-07 10:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

प्रणामीको विद्यालय व्यवस्थापन समितिमा भट्टराई

प्रकाश धौलाकोटी/मङ्सिर १४, तेह्रथुम । तेह्रथुमको ईवा गाविस वार्ड नं. २ स्थित प्रणामी माध्यमिक विद्यालयमा सोमबार भएको अभिभावकहरुको भेलाले श्यामकुमार भट्टराईको अध्यक्षतामा ८ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । 

भेलाले समितिको सदस्यहरुमा प्रकाश उप्रेती, मनु कन्दङवा, गीता ईङनाम, मायादेवी लामिछाने र राजेन्द्र बुढाथोकीलाई सर्वसम्मत चयन गरेको छ । समितिको सदस्य सचिवमा प्रधानाध्यापक अमृत बुढाथोकी र शिक्षक प्रतिनिधिमा मनाहाङ ईङनामलाई चयन भएका छन् । 

शिक्षा आठौँ संशोधन ऐन २०७३ अनुसार तत्कालिन विद्यालय व्यवस्थापन समिति खारेज भएपछि नयाँ ऐन बमोजिम विद्यालय व्यवस्थापन समिति गठन भएको हो । 

भेलाले रामकुमार ओलीको संयोजकत्वमा १५ सदस्यीय शिक्षक अभिभावक संघसमेत गठन गरेको छ । श्रोत व्यक्ति भीम मिश्रको प्रमुख आतिथ्यतामा भएको भेला अभिभावक खड्गप्रसाद ईङनामको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित