१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सहभागितामुलक योजना तर्जुमालाई कार्यान्वयन गर्छौं

१४ मंसिर २०७३, मंगलवार ०३:२७

मङ्सिर १४, तेह्रथुम । तेह्रथुम जिल्लाका सामाजिक परिचालकहरुले आर्थिक वर्ष २०७४/०७५ को बस्ती स्तरको  सहभागिता मुलक योजना तर्जूमा प्रक्रियालार्ई ब्यावहारिक प्रयोग गर्न अभ्यास गर्ने भएका छन । 

सोमबार सदरमुकाममा आयोजित सामाजिक परिचालकहरुको जिल्ला भेलामा सहभागी सामाजिक परिचालकहरुले यस्तो बताएका हुन । बस्तीस्तरको आवश्यकताहरुलाई सहभागितामुलक प्रकृयाद्धारा योजनाहरु वस्तिस्तर बाट छनौट प्रकृयाका चरणहरुलाई प्रभावकारी बनाउनमा स्थानिय निकायलाई सहयोग गर्ने भेलामा सहभागी सामाजिक परिचालकहरुले बताएका छन । 

भेलाको छलफलबाट समिक्षा सहित सहभागिता मुलक योजना तर्जुमा प्रकृयामा वस्ती स्तरमा प्रभावकारी नभएकाले योजनाको प्रभावकारीताहरु हुन नसकेकाले वस्ती स्तरको योजना तर्जुमालाई प्रभावकारी बनाई व्यवहारिक अभ्यास गरी कार्यान्वयनमा जोड दिने भेलमा सहभागीहरुको तर्फ बाट सामाजिक परिचालक अंकिता वराईलीले बताइन् । 

भेलामा सामाजिक परिचालकहरुको भुमिका महत्व र आगामी कार्य, सामाजिक परिचालनको आवश्यकता वार्षिक सिकाई आदान प्रदान सहभागिता मुलक योजना तर्जुमा प्रकृया, स्थानिय श्रोत परिचालन कार्यविधि तथा ब्यावस्थापन २०६९ लगायतको विषयमा छलफल भएको थियो । 

भेलालाई जिल्ला विकास समिति, स्थानिय विकास कोषका कार्यकारी सचिव कृष्ण घिमिरेले सहजीकरण गरेका थिए । भेलामा दलित सचेतना समाज नेपालका स्थानीय अधिकार कार्यक्रम, सामाजिक परिचालन तथा क्षमता विकास कार्यक्रम, झुलुंगे पुल निर्माण, स्थानिय सासन तथा सामाजिक विकास कार्यक्रमका सामाजिक परिचालकहरु सहभागी थिए । 

कार्यक्रमको समापनमा दलित सचेतना समाज नेपालका अध्यक्ष अनुभुति बम नेपालीले योजना तर्जुमा  छनौट प्रकृयालाई प्रभावकारी कार्यान्वयन गर्नमा भुमिका निर्वाह गर्न सामाजिक परिचालकहरुलाई निर्देशन दिए ।  भेला एक्सन एड नेपालको सहयोगमा दलित सचेतना समाज नेपाल तेह्रथुमले आयोजना गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु