प्रकाश धौलाकोटी/मङ्सिर १५, तेह्रथुम । तेह्रथुमको सम्दु गाविस वार्ड नं. ३ मा जन्मेर हाल प्रवासमा कार्यरत सुमिना चोङबाङले गाउँमा अंग्रेजी माध्यमक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी/मङ्सिर १५, तेह्रथुम । तेह्रथुमको सम्दु गाविस वार्ड नं. ३ मा जन्मेर हाल प्रवासमा कार्यरत सुमिना चोङबाङले गाउँमा अंग्रेजी माध्यमक"/>

2026-07-09 03:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

प्रवासको कमाईले गाउँमा स्कुल

2016-11-30


प्रकाश धौलाकोटी/मङ्सिर १५, तेह्रथुम । तेह्रथुमको सम्दु गाविस वार्ड नं. ३ मा जन्मेर हाल प्रवासमा कार्यरत सुमिना चोङबाङले गाउँमा अंग्रेजी माध्यमकोे विद्यालय खोल्नुभएको छ । छोरा–छोरी पढाउनकै लागि गाउँबाट निरन्तर शहरतिर बसाइँ सर्नेको लर्को लाग्न थालेपछि चोङवाङले गाउँमै अंग्रेजी माध्यमबाट पढाई हुने निजी विद्यालय खोल्नुभएको हो ।

उहाँले विद्यालय सन्चालनकालागि ३५ लाख रुपैयाँ खर्चेर २ तले १० कोठे भवन निर्माण गरी गाउँमै गुणस्तरीय शिक्षा प्रदानकालागि विद्यालय खोलेको बताउनुभयो । ‘अभिभावकको अंग्रेजी मोहले सबैलाई सदरमुकाम डो¥याउँदैछ, गाउँमा हुने निम्न वर्गीय परिवारले त्यसरी पनि पढ्न सक्देनन्, उहाँले भन्नुभयो, ‘त्यसैले गाउँमै नानीहरुले अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा पाऊन् भनेर विद्यालय खोलेकी हुँ ।’ विद्यालय सेवामुलक ढंगले सन्चालन गर्ने कोशिस गरेकी छु, उहाँले भन्नुभयो ।

सुविधायुक्त भवनमा गाउँमै अंग्रेजी माध्यमको पढाई सुरुभएपछि गाउँका धेरै परिवार बसाइँ सर्नबाट रोकिएको प्रिन्सिपल राजु रेग्मीले बताउनुभयो । स्कुलको नाम ह्यात्रुङ झरना अंग्रेजी स्कुल हो । डेढ वर्षदेखि सन्चालनमा रहेको विद्यालयमा अहिले करिब ७० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा– १ सम्म पढाई हुन्छ । 

यो बस्तीमा अंग्रेजी माध्यमबाट पठनपाठनका लागि विद्यालय स्थापना भएपछि अहिले ५ जनाले रोजगारी समेत पाएका छन् । गाउँमै अंग्रेजी माध्यमबाट पढाई हुने विद्यालय खुलेपछि सदरमुकाम म्याङलुङ्ग र जिरिखिम्ती बसेर नानीहरु पढाई रहेका केही परिवार समेत गाउँ फर्किएको प्रिन्सिपल रेग्मीले बताउनुभयो । 

सामुदायिक विद्यालयमा खस्किँदै गएको शैक्षिक गुणस्तर उकास्न कसैलेपनि पहल नगर्दा अभिभावक भने निजी विद्यालयतिर आकर्षित छन् । गाउँमा सबैले नानीहरुलाई बोर्डिङ नै पढाउनुपर्छ भन्छन्, सम्दु–२ का कृष्ण कटुवालले भन्नुभयो, ‘सबैले जिरिखिम्ती राखेर पढाउन थाले, मैलेपनि सानैदेखि नानीलाई उतै पढाउथेँ, तर अहिले गाउँमै विद्यालय खुल्यो, छोरालाई पनि यतै ल्याएको छुु ।’ गाउँमै विद्यालय खुलेपछि खर्चसँगै नानीलाई सामाजिक मुल्य र मान्यताको सिकाई गर्नसमेत असजिलो नहुने उहाँको भनाइ छ ।


 चोङवाङको एकल लगानीमा सन्चालित सो विद्यालयमा पढ्नेले चर्को शुल्कसमेत तिर्नु परेको छैन । न्यून शुल्कमा नै गुणस्तरीय शिक्षा दिने ध्येयले अधिकतम खर्च आफ्नै लगानीले धानिरहेको उहाँले बताउनुभयो । ‘अभिभावकबाट पनि केही शुल्क उठाउँछौँ, तर सबै खर्च शुल्कबाट उठेको रकमले धान्दैनँ, प्रिन्सिपल रेग्मीले भन्नुभयो, ‘शुल्कपनि अन्य निजी विद्यालयको जस्तो चर्को छैन ।’ 

निजी विद्यालय भएपनि गाउँमा सेवामुलक ढंगले सन्चालन भइरहेको स्थानीय सम्दु माविका प्रधानाध्यापक होमप्रसाद घिमिरेले बताउनुभयो । गाउँमै प्रवीणता प्रमाणपत्र तहसम्म पढेकी चोङवाङ आफुले अंग्रेजी माध्यमको शिक्षा नपाउँदा कष्ट बेहोर्नुपरेकाले पनि अंग्रेजी माध्यमको विद्यालयमा खोलेर सेवा गर्ने प्रयत्न गरेको बताउनुहुन्छ । ०४७ सालमा जन्मिएकी चोङवाङ हाल भारतको गोरखपुरमा कार्यरत हुनुहुन्छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन