१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

मोटरसाइकल दुर्घटनामा परि तेर्हथुम जिरिखिम्तीका एक युवाको मृत्यु

१६ मंसिर २०७३, बिहीबार ०४:४३

प्रकाश धौलाकोटी | मङ्सिर १६, तेह्रथुम | कोशी राजमार्ग अन्तर्गत इटहरी खण्डको सेउती पुल नजिकै बुधबार मोटर साइकल दुर्घटना हुँदा म्याङलुङ्ग नगरपालिका–८, जिरिखिम्ती का अन्दाजी २५ वर्षीय पुष्पकुमार श्रेष्ठको मृत्यु भएको छ । 

इटहरी बाट धरानतर्फ आउँदै गरेका श्रेष्ठको दिउँसो एक बजेतिर सडकमा रहेको गाईमा ठोक्किएर मोटर साइकल दुर्घटना भएको थियो । दुर्घटनापछि उपचारकालागि लैजाने क्रममा बाटोमै श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । 

उनलाई उपचारकालागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटमा ल्याईपुर्याउँदा नपुर्याउँदै मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टका प्रहरी नायव निरीक्षक तिलक गिरीले जानकारी दिए । जिरिखिम्तीबजारमा पेट्रोल र पसल भएका श्रेष्ठ सामान खरिद गर्नकालागि केही दिन अघि नै इटहरी गएको उनका छिमेकीहरुबाट बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु