ललित बोहरा/१६ मंसिर डडेल्धुरा । डडेल्धुरा जिल्लामा एचआइभि एड्स संक्रमितहरुको संख्या ९९ जना रहेको छ । विश्व एड्स दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा प्रस्तुत तथ्याङ्कका आधारमा डडेल्धुुरा जिल्लामा पहिचान गरीएका ९९ जना एचआइभि एड्स संक्रमितहरु मध्ये १"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/१६ मंसिर डडेल्धुरा । डडेल्धुरा जिल्लामा एचआइभि एड्स संक्रमितहरुको संख्या ९९ जना रहेको छ । विश्व एड्स दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा प्रस्तुत तथ्याङ्कका आधारमा डडेल्धुुरा जिल्लामा पहिचान गरीएका ९९ जना एचआइभि एड्स संक्रमितहरु मध्ये १"/>
2026-09-16 12:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुराको आलितालमा कण्डमको प्रर्दशन गरी एड्स दिवस मनाईयो

ललित बोहरा/१६ मंसिर डडेल्धुरा । डडेल्धुरा जिल्लामा एचआइभि एड्स संक्रमितहरुको संख्या ९९ जना रहेको छ । विश्व एड्स दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा प्रस्तुत तथ्याङ्कका आधारमा डडेल्धुुरा जिल्लामा पहिचान गरीएका ९९ जना एचआइभि एड्स संक्रमितहरु मध्ये १० जना १८ बर्ष मुनीका बालबालिकाहरु रहेका छन । संक्रमितहरु मध्ये पनि एआरटी सेवा लिनेहरुको संख्या ६२ जना रहेको छ । यसैगरी हालसम्म यस जिल्लामा भएका सङक्रमितहरु मध्ये भाइरल जाँच गराएका २६ जना रहेका छन । हाल डडेल्धुरा जिल्ला सदरमुकाममा उपक्षेत्रीय अस्पतालबाट र परशुराम नगरपालिका अन्तर्गतको जोगबुडा अस्पतालबाट एआरटी सेवा प्रदान गरिने गरिएको छ । संक्रमितहरुलाई स्वस्थ्य जीवन जिउन प्रेरित गर्नका लागि उनीहरुलाई सामाजिक रुपमा सक्रिय बनाउन आवश्यक रहेको बहुउद्धेश्यि बिकास समाज डडेल्धुराका कार्यक्रम संयोजक दुर्गामणी चटौतले बताएका छन । नेपाल सरकारले एचआइभी सङक्रमित व्यक्तिहरुका लागि निःशुल्क औषधी वितरण गर्ने गरेको छ । त्यस्तै रक्तपरिक्षण सेवाहरु पनि निःशुल्क प्रदान गरी रहेको डडेल्धुरा प्लसका कार्यक्रम संयोजक भरत ऐरले बताएका छन । तरपनि यो सबै सङ्क्रमितहरूको लागि पर्याप्त नभएको बताउदै उपचार गर्न खुलेर आउनुपर्ने उनको सुझाव रहेको छ । साथै सङ्क्रमितहरुलाई यसको औषधी सेवा सँगै आम–जनमानसमा यो रोग सम्बन्धी चेतना फैलाउनु अपरिहार्य छ ।

यसैबीच विश्व एड्स दिवसका अवसरमा बिहिबार डडेल्धुरा जिल्ला सदरमुकाम लगायत ग्रामिण क्षेत्रमा समेत विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको छ । ‘हामी सबैको काम, एचआइभीको रोकथाम’ भन्ने नारासहित डडेल्धुराका बिभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुको आयोजनामा विभिन्न जनचेतनात्मक कार्यक्रमहरु गरिएका थिए । जिल्लाको आलिताल गाबिसमा कण्डमको प्रर्दशन गदै दिवस मनाईको नेपाल दलित समाज कल्याण संघ डडेल्धुराका अध्यक्ष सुन्दर जैरुले जानकारी दिएका छन् । 

फोटो –  सुन्दुर जैरु 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल