ध्रुब बिष्ट, १८ मंसिर  डडेल्धुरा । डडेल्धुरा लगायत सुदूरपश्चिमको पहाडी जिल्लाहरुका युवाहरु काम खोज्नका लागि धमाधम भारत लगायत तेस्रो मुलुक जान थालेका छन । दशै तिहार तथा गाँउघरमा हुने मेला पर्व मनाउन घर पुगेका युवाहरु पछिल्लो समयमा फेरी कामका लागि भारत लगायत तेस्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ध्रुब बिष्ट, १८ मंसिर  डडेल्धुरा । डडेल्धुरा लगायत सुदूरपश्चिमको पहाडी जिल्लाहरुका युवाहरु काम खोज्नका लागि धमाधम भारत लगायत तेस्रो मुलुक जान थालेका छन । दशै तिहार तथा गाँउघरमा हुने मेला पर्व मनाउन घर पुगेका युवाहरु पछिल्लो समयमा फेरी कामका लागि भारत लगायत तेस्र"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरा लगायत सुदूरपश्चिमका युवा काम खोज्न भारत तथा तेस्रो मुलुक पस्दै

१८ मंसिर २०७३, शनिबार १४:५५

ध्रुब बिष्ट, १८ मंसिर  डडेल्धुरा । डडेल्धुरा लगायत सुदूरपश्चिमको पहाडी जिल्लाहरुका युवाहरु काम खोज्नका लागि धमाधम भारत लगायत तेस्रो मुलुक जान थालेका छन । दशै तिहार तथा गाँउघरमा हुने मेला पर्व मनाउन घर पुगेका युवाहरु पछिल्लो समयमा फेरी कामका लागि भारत लगायत तेस्रो मुलुक जान थालेका हुन । हिँउदको समयमा गाँउघरमा खासै काम नहुने तथा गाँउघरमा रोजगारी मुलक काम पनि नपाउने गरेका कारण भारतमा काम खोज्नका लागि जान लागेको बिदेशिने युवाहरुको भनाई छ । करिब १६ देखी ४० बर्ष उमेर समूहका युवाहरु कामका लागि भारतका बिभिन्न शहरमा जान थालेका हुन । यस क्षेत्रका स्थानियहरु भारतका बिभिन्न शहरहरु दिल्लि, व्याङ्गलोर, बम्बै, पन्जाब, पुणे, गुजरात, हिमाञ्चल, सिम्ला, हलद्धानी, लगायतका अन्य ठाँउहरुमा गएर काम गर्ने गर्दछन । यस्तै तेस्रो मुलुक जाने युवाहरु प्राय साउदी अरेबिया, कतार, मलेसिया लगायतका बिभिन्न देशहरुमा जाने गर्दछन । बाबु बाजे देखि कमाईका लागी भारतका बिभिन्न क्षेत्रमा जाने अधिकाँश युवाहरु राम्रो कमाई हुने आसाले भारतलाई छोड्दै खाडि मुलुकका देशहरुमा समेत जान थाले पछि अहिले गाँउघरनै सुनसान हुन थालेका छन । पढेका सर्टिफिकेटहरुले कतै जागिर नपाएको र केहि ब्यापार ब्यबसाय गरौ भने आफु संग रकम पनि नभएको भन्दै बाध्यताले बिदेशिनु परेको कतिपय युवाहरुको गुनासो छ । बेरोजगारकै कारण युवा हरु दिनानुदिन बिदेशिन थाले पछि अहिले गाँउ घरमा कोहि मर्दा पनि घाटमा लिने युवानै छैनन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु