प्रेम सुनार/मङ्सिर १९, गुल्मी । पाँच नम्वर प्रदेशबाट गुल्मी टुक्राउन पाईदैन भन्ने माग राख्दै सुरु गरिएको आन्दोलनका आज पाँचौ दिन आन्दोलनकारीले दिउँसै राँके ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/मङ्सिर १९, गुल्मी । पाँच नम्वर प्रदेशबाट गुल्मी टुक्राउन पाईदैन भन्ने माग राख्दै सुरु गरिएको आन्दोलनका आज पाँचौ दिन आन्दोलनकारीले दिउँसै राँके ज"/>

2026-09-01 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा दिउँसै राँके जुलुस


प्रेम सुनार/मङ्सिर १९, गुल्मी । पाँच नम्वर प्रदेशबाट गुल्मी टुक्राउन पाईदैन भन्ने माग राख्दै सुरु गरिएको आन्दोलनका आज पाँचौ दिन आन्दोलनकारीले दिउँसै राँके जुलुस प्रदर्शन गरेर सरकार प्रति विरोध जनाएका छन् । 

यस अघिका आन्दोलनहरुमा साँझपख राँके जुलुस प्रदर्शन गरिदै आएकोमा यसपाली आन्दोलनलाई फरक रुप दिन दिउँसै राँके जुलुस प्रदर्शन गरिएको हो ।  तम्घासको लाकुरी मञ्चबाट सुरु भएको राँके जुलुस तम्घास वजार परिक्रममा गरी पुन लाकुरी मञ्चमा आई कोण सभामा परिणत भएको थियो । 

यसै विच भोली दिउँसो एक वजे तम्घासको चिदिचौरमा विशाल जुलुस हुने संयुक्त जनआन्दोलन परिचालन समितिले जनाएको छ । यसै विच  गुल्मी जिल्लाका गाउँ गाउँमा पनि आन्दोलन तिव्र पारिएको समाचार प्राप्त भएको छ ।   

पुकोटदहमा ७ गाविसका जनताले विरोध प्रदर्शन गरेको जनाईएको छ । यता ईस्मा, वामीटक्सार भेग, मजुवा, खैरेनी, शान्तिपुर रिडी वजेटक्सार लगायतका गाउँहरुमा पनि आन्दोलन चर्काएको हाम्रा प्रतिनिधीहरुले जानकारी दिएका छन् ।

आन्दोलनलाई थप सशक्त बनाउन आज दिउँसो संयुक्त जनआन्दोलन  समिति गुल्मीले पत्रकारहरु संग भेटघाट कार्यक्रम राखेको थियो । नेपाल पत्रकार महासंघको संयोजनमा गुल्मी उद्योग वाणिज्य संघको सभाहलमा राखिएको भेटघाट कार्यक्रममा पत्रकारहरुले आफुहरु पनि आन्दोलनमो मार्चा मै रहेको बताउँदै आन्दोलनलाई उर्जाशिल बनाउने समाचार लेखनमा कुनै कमी नराख्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली