प्रेम सुनार/मंसिर २०, गुल्मी । ५ नम्वर प्रदेश टुक्राउन पाईदैन भन्दै सुरु गरिएको गुल्मीको संयुक्त जनआन्दोलनको आज छैठौं दिनको जनउभार २०६२/०६३ को १९ दिने जनआन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/मंसिर २०, गुल्मी । ५ नम्वर प्रदेश टुक्राउन पाईदैन भन्दै सुरु गरिएको गुल्मीको संयुक्त जनआन्दोलनको आज छैठौं दिनको जनउभार २०६२/०६३ को १९ दिने जनआन्"/>

2026-09-01 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मी आन्दोलनको जनउभार ०६२/६३ को जस्तै (फोटोफिचर)


प्रेम सुनार/मंसिर २०, गुल्मी । ५ नम्वर प्रदेश टुक्राउन पाईदैन भन्दै सुरु गरिएको गुल्मीको संयुक्त जनआन्दोलनको आज छैठौं दिनको जनउभार २०६२/०६३ को १९ दिने जनआन्दोलनको झल्को मेटाउने खालको देखिएको छ ।

तम्घासको वालमन्दिर प्राङ्गणमा आयोजन गर्ने भनिएको विरोध सभा त्यहाँ  सहभागिताको एक तिहाई मानिसहरु पनि अट्न नसक्ने भए पछि महन्द्र माध्यामिक विद्यालयको मैदानमा सार्नु परेको थियो । 

तम्घासका पुरै विद्यालय र क्याम्पसका  विद्यार्थी, शिक्षक वुद्धिजिवी, नागरिक समाज, उद्योगी व्यवसायी ,सामाजिक संघ संस्था, दलका कार्यकर्ता सहित हजारौंको सख्यामा सहभागिता रहेको  विशाल विरोध प्रदर्शनको ¥याली तम्घास वजार परिक्रममा गर्दा धेरैले १९ दिने जनआन्दोलनका जनउभार संग दाँजेका थिए । 

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल नेकपा एमालले लगायत सवै दलले संयुक्त रुपमा अगुवाई गरेको विरोध प्रदर्शनमा सरकारलाई गाली गर्ने र चेतावानी दिने बढि मात्रमा सत्तारुढ दलकै नेता कार्यकर्ताहरु धेरै थिए । 

नेकपा एमालेका नेता तथा पुर्व सांसद कमलराज श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित विशासल विरोध सभामा वक्ताहरुको सख्या आवश्यक भन्दा बढि थियो । विरोध सभामा चर्चित गायक बैकुण्ठ महत , असिम महत, सन्तु थापा, तुल्सीङ्ग रनपछाई ,सहित लोक तथा दोहरी गीत प्रतिष्ठान गुल्मीका कलाकारहरुले मनोरञ्जन प्रदान  जनवादी गीतका माध्यमद्धारा ५ नम्वर प्रदेश टुक्राउन नहुने माग  गरेका थिए । 

कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट सचिव खिलध्वज पन्थी, नेकपा एमालेको तर्फबाट कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्त, नेकपा माओवादीको तर्फबाट जिल्ला संयोजक विरबहादुर कार्की लगायतका  विभिन्न दलका नेता, र  विद्यार्थी र भातृ संगठनका नेपाली कांग्रेसका सभापति तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल र गुल्मी उद्योग वाणिज्य संघका सचिव विरेन्द्र भुसालको सञ्चालन रहेको थियो ।

 हेरौ तस्वीरमा विशाल जन प्रर्दशनका केहि झलकहरु : 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली