ललित बोहरा /२० मंसिर डडेल्धुरा । डडेल्धुरा जिल्लामा पछिल्लो समय रक्तदान गर्नेको संख्यामा  बृद्धि भएको छ । सामान्यत ः पुरुष बढी रक्तदान गर्ने भएतापनि पछिल्लो समय भने महिलाहरुको संख्यामा पनि बृद्धि हुन थालेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरामा यस मह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा /२० मंसिर डडेल्धुरा । डडेल्धुरा जिल्लामा पछिल्लो समय रक्तदान गर्नेको संख्यामा  बृद्धि भएको छ । सामान्यत ः पुरुष बढी रक्तदान गर्ने भएतापनि पछिल्लो समय भने महिलाहरुको संख्यामा पनि बृद्धि हुन थालेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरामा यस मह"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरामा रक्तदान गर्नेको सख्यामा वृद्धि

२० मंसिर २०७३, सोमबार १६:०५

ललित बोहरा /२० मंसिर डडेल्धुरा । डडेल्धुरा जिल्लामा पछिल्लो समय रक्तदान गर्नेको संख्यामा  बृद्धि भएको छ । सामान्यत ः पुरुष बढी रक्तदान गर्ने भएतापनि पछिल्लो समय भने महिलाहरुको संख्यामा पनि बृद्धि हुन थालेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरामा यस महिना मात्रै रक्तदान गर्ने १५ जना व्यक्तिहरु मध्ये २ जना महिलाहरुले पनि रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरका मन्त्री डम्बर भण्डारीले बताएका छन । उनका अनुसार अन्य महिनाहरुमा महिलाहरुले खासै रक्तदान गर्न चासो नदेखाउने गरेको भएपनि यो महिनामा आइतबार मात्रै २ जना महिलाले रक्तदान गरेका हुन । महिला रक्तदाताहरुमा ह्वाइट पार्क कलेज चिम्रिकोट डडेल्धुरामा अध्यनरत छात्रा कमला थापा र पद्मा साँउद हुन । महिला रक्तदाता दुइटैले आफ्नो जीवनको १८ बर्ष पुरा भएको अवसरमा रक्तदान गरेको बताएकि थिइन । अघिल्लो महिनामा भने रक्तसञ्चार केन्द्रमा १२ जना ब्यक्तिले स्वेच्छिक रुपमा रक्तदान गरेका थिए । यसरी स्वैच्छिक र नियमित रक्तदान गर्ने रक्तदाताहरुलाई बिभिन्न कार्यक्रमहरुमा धन्यबाद दिने र सम्मान समेत गर्ने गरिएको उनको भनाई छ । अहिले डडेल्धुरा जिल्लामा मासिक रुपमा १४ प्रिन्ट रगत खपत हुने गरेको बताइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुराका टेक्नोलोजिष्ट गणेश ऐरले स्वयमसेवी रक्तदाताहरुको सहयोगले अहिले डडेल्धुरा जिल्लामा रगतको अभाव नभएको बताएका छन । रक्तदानको बारेमा बढ्दै गएको चेतना र ज्ञानका कारणले रक्तदान प्रति महिलाको चासो बढ्दै गएको रक्तसञ्चार केन्द्रका टेक्नोलोजिष्ट ऐरले बताएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु