Skip to content
Friday, July 17, 2026 Nepali Online Media

शेर बहादुर देउवालाई आफ्नै पार्टीका नेताले दिए यस्तो चेतावनी

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार । मंसिर–२२, गुल्मी ।  ५ नम्वर प्रदेशबाट पहाडका जिल्ला छुट्टाईने गरी ल्याईएको संविधान संशोधनको प्रस्तावको विषयलाई लिएर नेपाली कांग्रेसका गुल्मी जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले  आफ्ना नेता शेरबहादुर देउवालाई आज कडा चेतावानी दिएका छन् ।

आन्दोलनको आज ८ औं दिनको विरोध सभालाई सम्वोधन गर्दै सभापति श्रेष्ठले भने –‘शेरबहादुर देउवा ज्यु सचेत रहनुहोस हामी नेपाली कांग्रेसको चारतारे झण्डा तोडेर पनि लड्ने छौं , यो हाम्रो कुनै पार्टी विशेषको लडाई होईन हाम्रो माटोको लडाई हो । ’

संयुक्त जनअन्दोलन परिचालन समिति गुल्मीको संयोजक रहेका श्रेष्ठले शेरबहादुर देउवालाई जनभावान विपरित  गए हिजोको प्रजा परिषद पार्टी जस्तै विलय भईने चेतावनी समेत दिए । उनले प्रधानमन्त्री प्रचण्डको नामै नलिई सरकारको मात्रै विरोध गर्दै भने–‘ हजारौ जनता सडकमा उत्रेर चिच्चाउँदा पनि नसुन्ने यो सरकार वहिरो हो र अन्धो पनि हो । ’

उनले अहिले गरिएको आन्दोलन ईतिहाँसकै सवै भन्दा ठुलो आन्दोलन भएको र ५ नम्वर प्रदेश अन्तर्गत १२ जिल्लाको आन्दोलनको नेतृत्व अव गुल्मीले गर्ने उद्घोष उद्घोष गरे ।  धेरै दिन देखि सिडियो विहिन बनेको गुल्मी जिल्ला प्रशासन संग भोली आन्दोलनको के कति रिर्पोट ग¥यो केन्द्रमा भन्ने वारेका हिसाव किताव मागिने र भर्खर कार्यभार सम्हाल्न आएको सिडियोलाई भित्र छिर्न नदिने चेतावानी समेत उनले दिए ।

वारा जिल्लावाट सरुवा भई आएका सिडियो कृष्णप्रसाद ढुङ्गाना गुल्मी प्रवेश गरेको बताईए पनि  सदरमुकाम भित्रिए नभित्रिएको जानकारी प्रशासनका अधिकारीहरुले दिन चाहेका छैनन् । श्रेष्ठले सिडियो सहित यहाँको जिल्ला प्रहरी प्रमुखलाई समेत कडा चेतावानी दिएका छन् ।

त्यस्तै नेकपा एमालेका कार्यवाहक अध्यक्ष मध्कृष्ण पन्थले पनि यहाँको प्रशासनलाई कडा चेतावानी दिदै आन्दोलनले सफलता नपाए सम्म कुनै पनि हालतमा पछि नहट्ने अडान दोहराएका छन् । उनले यो आन्दोलन कुनै पार्टी विषयको नभएर सिंङ्गो ५ नम्वर प्रदेशको भएको भन्दै तराईका जिल्ला भारतमा गाभिनका लागि बचाउन सारा जनता सडकमा उत्रिन अपिल गरे ।

माओवादी केन्द्रका नेता निमबहादुर पाण्डेले   तराई जिल्लाबाट पहाडी जिल्ला छुटाउन खोजिए फाँसी दिन तयार हुने तर आन्दोलन नछाड्ने उद्घोष गरे । उनले सत्तारुढ दलका दुई नेतालाई ईङ्गित गर्दै एउटा यस्तो गीतको टुक्का निकाले –‘ लालुपाते नुग्यो भुँईतिर , कि लाउ मायाँ उहि तिर कि लाउँ मैतिर , ए निरा नलाउँ दुई तिर …’ । कि भारततिर मात्रै मायाँ लगाउ कि नेपाल तिर मात्रै मायाँ लगाउ भन्ने उनको व्याङ्ग थियो ।

आज ८ औं दिन सिठ्ठी जुलुस निकालेर सरकारलाई व्याङ्ग गरिएको थियो ।  भोली थाल जुलुस निकाल्ने र प्रशासन कार्यालय भित्र  विहान ९  वजे देखि सिडियो र अन्य कर्माचारी  छिर्न नदिईने लगायतका कार्यक्रम रहेको जनाईएको छ ।