मङ्सिर २२, ओखलढुंगा । जिल्ला प्रहरीमा कार्यरत सुरक्षाकर्मीले मादकपदार्थ सेवन गरेर औपचारिक पोसाकमै हानाहान गरेका छन् । अरू प्रहरीले नियन्त्रण गर्न नसक्ने गरी सदरमुकामको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २२, ओखलढुंगा । जिल्ला प्रहरीमा कार्यरत सुरक्षाकर्मीले मादकपदार्थ सेवन गरेर औपचारिक पोसाकमै हानाहान गरेका छन् । अरू प्रहरीले नियन्त्रण गर्न नसक्ने गरी सदरमुकामको "/>
२०८२, १० चैत्र मंगलवार
ओखलढुङ्गा - OKL

मदिराको मातका तालमा ओखलढुंगाका प्रहरी बिच हानाहान

२०७३, २२ मंसिर बुधबार १५:४४

मङ्सिर २२, ओखलढुंगा । जिल्ला प्रहरीमा कार्यरत सुरक्षाकर्मीले मादकपदार्थ सेवन गरेर औपचारिक पोसाकमै हानाहान गरेका छन् । अरू प्रहरीले नियन्त्रण गर्न नसक्ने गरी सदरमुकामको बीच बजारमै हानाहान गरेका हुन् । 

सिद्धिचरण ४ स्थित गोरुमारेभञ्ज्याङ चोकमै प्रहरीका जुनियर अधिकृत, प्रहरी हवल्दार र सिपाहीबीचमा हानाहान भएको हो । सुरुमा प्रहरी जवान मनोज यादव लगायतको टोली रमाइलोडाँडामा मदिरा सेवन गर्न गएका थिए । त्यसपछि उनका नजिकका साथीहरू सागर होटलमा मदिरा सेवन गर्न जम्मा भए । त्यतिखेरै सई राजकुमार श्रेष्ठको टोली जिल्ला प्रहरीको गाडी लिएर पुगे । त्यहाँको अवस्था सामान्य देखेपछि उनी फर्किए । 

तर फेरि अर्का सई पशुपति झालाई पक्राउ गरेर ल्याउन आदेश दिएपछि उनको टोली गयो । सोही समयमा मापसे गरेका प्रहरी टोली गोरुमारेभञ्ज्याङ पुगेका थिए । सई झाको टोलीले पक्रिन थालेपछि हात हालाहाल सुरु भयो । झगडा लगभग एक घण्टासम्म भएको स्थानीयले बताए ।

‘अरूको झगडा मिलाउने पुलिस आफंै हानाहान गरेपछि हामीले छुटयाउने अवस्था नै रहेन,’ एक स्थानीयले भने, ‘जिल्लाबाट अर्को टोली पठाएपछि मात्र झगडा नियन्त्रणमा आयो ।’ त्यसपछि नियन्त्रणमा लिइएको टोलीलाई मापसे जाँच गर्दा स्वास्थ्य चौकी, मिसन अस्पताल, ट्राफिकको मेसिनमा समेत प्रमाणित नभएपछि जिल्ला स्वास्थ्य कार्यालय र्पुयाइएको स्रोतले बतायो । पक्राउ गरेर लगिएपछि ती जवानहरूलाई राति अबेरसम्म कुटपिट गरिएको एक प्रहरीले नाम नखोल्ने सर्तमा बताए ।

मंगलबार नै प्रहरी प्रमुख डीएसपी मिलन केसी भने हेलिकप्टर चढेर व्यक्तिगत कामका लागि राजधानी गएका थिए । केही साताअघि सम्म घरेलु मदिरा नियन्त्रणको नाममा जथाभावी रक्सी पोखाउँदै हिँडेको प्रहरीहरू (यो पनि समाचार पढ्नुस्>>> http://sajhasabal.com/society/10512) आफैंले बीच बजारमा तमासा देखाएपछि सर्वसाधारण आक्रोशित बनेका छन् ।

जिल्ला प्रहरीका निमित्त प्रमुख दीपक साहले झगडा गर्ने टोलीलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताएको कान्तीपुरमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन