मङ्सिर २२, ओखलढुंगा । जिल्ला प्रहरीमा कार्यरत सुरक्षाकर्मीले मादकपदार्थ सेवन गरेर औपचारिक पोसाकमै हानाहान गरेका छन् । अरू प्रहरीले नियन्त्रण गर्न नसक्ने गरी सदरमुकामको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २२, ओखलढुंगा । जिल्ला प्रहरीमा कार्यरत सुरक्षाकर्मीले मादकपदार्थ सेवन गरेर औपचारिक पोसाकमै हानाहान गरेका छन् । अरू प्रहरीले नियन्त्रण गर्न नसक्ने गरी सदरमुकामको "/>
१० माघ २०८२, शुक्रबार
ओखलढुङ्गा - OKL

मदिराको मातका तालमा ओखलढुंगाका प्रहरी बिच हानाहान

२२ मंसिर २०७३, बुधबार १५:४४

मङ्सिर २२, ओखलढुंगा । जिल्ला प्रहरीमा कार्यरत सुरक्षाकर्मीले मादकपदार्थ सेवन गरेर औपचारिक पोसाकमै हानाहान गरेका छन् । अरू प्रहरीले नियन्त्रण गर्न नसक्ने गरी सदरमुकामको बीच बजारमै हानाहान गरेका हुन् । 

सिद्धिचरण ४ स्थित गोरुमारेभञ्ज्याङ चोकमै प्रहरीका जुनियर अधिकृत, प्रहरी हवल्दार र सिपाहीबीचमा हानाहान भएको हो । सुरुमा प्रहरी जवान मनोज यादव लगायतको टोली रमाइलोडाँडामा मदिरा सेवन गर्न गएका थिए । त्यसपछि उनका नजिकका साथीहरू सागर होटलमा मदिरा सेवन गर्न जम्मा भए । त्यतिखेरै सई राजकुमार श्रेष्ठको टोली जिल्ला प्रहरीको गाडी लिएर पुगे । त्यहाँको अवस्था सामान्य देखेपछि उनी फर्किए । 

तर फेरि अर्का सई पशुपति झालाई पक्राउ गरेर ल्याउन आदेश दिएपछि उनको टोली गयो । सोही समयमा मापसे गरेका प्रहरी टोली गोरुमारेभञ्ज्याङ पुगेका थिए । सई झाको टोलीले पक्रिन थालेपछि हात हालाहाल सुरु भयो । झगडा लगभग एक घण्टासम्म भएको स्थानीयले बताए ।

‘अरूको झगडा मिलाउने पुलिस आफंै हानाहान गरेपछि हामीले छुटयाउने अवस्था नै रहेन,’ एक स्थानीयले भने, ‘जिल्लाबाट अर्को टोली पठाएपछि मात्र झगडा नियन्त्रणमा आयो ।’ त्यसपछि नियन्त्रणमा लिइएको टोलीलाई मापसे जाँच गर्दा स्वास्थ्य चौकी, मिसन अस्पताल, ट्राफिकको मेसिनमा समेत प्रमाणित नभएपछि जिल्ला स्वास्थ्य कार्यालय र्पुयाइएको स्रोतले बतायो । पक्राउ गरेर लगिएपछि ती जवानहरूलाई राति अबेरसम्म कुटपिट गरिएको एक प्रहरीले नाम नखोल्ने सर्तमा बताए ।

मंगलबार नै प्रहरी प्रमुख डीएसपी मिलन केसी भने हेलिकप्टर चढेर व्यक्तिगत कामका लागि राजधानी गएका थिए । केही साताअघि सम्म घरेलु मदिरा नियन्त्रणको नाममा जथाभावी रक्सी पोखाउँदै हिँडेको प्रहरीहरू (यो पनि समाचार पढ्नुस्>>> http://sajhasabal.com/society/10512) आफैंले बीच बजारमा तमासा देखाएपछि सर्वसाधारण आक्रोशित बनेका छन् ।

जिल्ला प्रहरीका निमित्त प्रमुख दीपक साहले झगडा गर्ने टोलीलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताएको कान्तीपुरमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु