प्रेम सुनार | मंसिर–२४, गुल्मी । गुल्मी आन्दोनकोे आज दशौं दिन  सिर्जनात्मक  दवाव कार्यक्रम गरिएको छ । झाडु जुलुसको आयोजना गरी हिजो अँस्ती टायर वालेर कालो भएको ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | मंसिर–२४, गुल्मी । गुल्मी आन्दोनकोे आज दशौं दिन  सिर्जनात्मक  दवाव कार्यक्रम गरिएको छ । झाडु जुलुसको आयोजना गरी हिजो अँस्ती टायर वालेर कालो भएको ज"/>

2026-09-01 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी आन्दोलनको दशौँ दिन, क-कसले आज कहाँ कहाँ सम्वोधन गरे ?

प्रेम सुनार | मंसिर–२४, गुल्मी । गुल्मी आन्दोनकोे आज दशौं दिन  सिर्जनात्मक  दवाव कार्यक्रम गरिएको छ । झाडु जुलुसको आयोजना गरी हिजो अँस्ती टायर वालेर कालो भएको जिल्ला प्रशासन अगाडी लाकुरी मञ्च देखि तम्घास वजार पखाल्ने र सफा गर्ने सिर्जनात्मक कार्यक्रम गरिएको छ । 

सरकारको विकृति विसंगति फखाल्ने संकेतका रुपमा निकालिएको छाडु जुलुस तम्घास बजार सरसफाई सकेर पुन लाकुँरी मञ्चमा आई विरोध सभामा परिणत भएको थियो ।  आजको विरोध सभामा बढि मात्रमा महिलाहरु वत्ता बनाईएको थियो । यसै विच आज सरकार विरुद्धको आन्दोनमा सरकारकै साधन प्रयोग गरिएको थियो । 

रेसुङ्गा नगरपालिकाको दम्कल मगाएर त्यसबाट पानीको फोहरा हन्दै सडक पकालिएको दृश्य निकै रोमञ्चक देखिएको थियो । आजै जिल्लाका ९ स्थानमा विशाल जनसभाहरु गरिएको छ ।  

ईस्माको जनसभामा नेपाली कांग्रेसको तर्फबाट सचिव खिलध्वज पन्थी, नेकपा एमालेको तर्फबाट लक्ष्मण बिष्ट , माओवादी केन्द्रको तर्फबाट  संयोजक रिडीमा भएको आमसभामा नेपाली कांग्रेसका जिल्ला सदस्य  अनन्तराम पौडेल, एमाललेका जिल्ला सदस्य लिनकण्ठ गौतम , माओवादीबाट रामचन्द्र कँडेल लगायतका नेताहरुले सम्वोधन गरेका छन् । 

ईस्मामा नेपाली कांग्रेसबाट  सचिव खिलध्वज पन्थी , एमालेबाट  जिल्ला सदस्य लक्ष्मण विष्ट , माओवादी केन्द्रका संयोजक  विरबहादुर कार्कीलगायतका नेताहरुले सम्वोधन गरेका थिए । 

बलेटक्सारमा कांग्रेसबाट शालिक पन्थी , एमालेबाट सोमनाथ सापकोटा  र नेकपा माओवादी केन्द्रबाट  यदु  ज्ञवाली लगायतका नेताहरुले सम्वोधन गरेका छन् । वामीमा काङ्ग्रेसबाट भगतसिंह खड्का , एमालेबाट गणेश विश्वकर्मा , माओवादी केन्द्रबाट शुरेन्द्र नेपाली लगायतका नेताहरुले सम्वोधन गरेका छन् ।

पुर्काेटदहमा काङग्रेसबाट महेन्द्र भण्डारी , एमालेबाट गणेश नेपाली लगायतले सम्वोधन गरेका छन् । खैरेनीमा कांग्रसबाट  श्रीप्रसाद भलामी , एमाललेबाट मधुकृष्ण पन्त , माओवादी केन्द्रबाट प्रभात लगायतका नेताहरुले सम्वोधन गरेका छन् । 

मजुवामा कांग्रेसबाट थम्मन केसी , एमालेबाट जंग नेपाली र नेकपा माओवादी केन्द्रबाट राजन केसी  लगायतले सम्वोधन गरेका छन् । पुर्कोटदमा कांग्रेसबाट महेन्द्र भण्डारी , एमालेबाट गणेश श्रीपालि  लगायतका नेताहरुले सम्वोधन गरेकाछन् । सिमलटारीमा हुने भनिएको आम सभाभने मरभुङ्गवासीले वहिष्कार गरेका कारण हुन सकेन् ।  जिल्लाका ९ वटै स्थानमा अन्य सान ९ वटै दलका नेता र सवै दलका  विद्यार्थी, युवा  र महिला संठन तथा पत्रकारहरुलाई समेत सम्वोधन गर्न पठाईएको थियो । सदरमुकामको आन्दोलन परिचालन समितिका  संयोजक तथा नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले सम्हालेका थिए । 

यसै विच गुल्मीमा मंसिर २७ गते बिशाल आमसभा हुने भएको छ । हजारौंको संख्यामा तम्घासको चिदीचौरमा उतारेर केन्द्रिय नेताले सम्वोधन गर्ने  आमसभा अहिले सम्मकै ठुलो बनाउने तयारी भएको जनाईएको छ । 

आमसभामा नेपाली कांग्रेसका नेता तथा क्षेत्र नम्वर २ का सांसद चन्द्र भण्डारी आउने पक्का भई  सकेको र एमालेका नेता तथा क्षेत्र नम्वर ३ का सांसद गोकर्ण बिष्ट र माओवादी केन्द्रका नेता टोपबहादुर रायममझी समेतलाई उक्त आमसभामा ल्याउनेबारे पहल भई रहेको गुल्मी उद्योग वाणिज्य संघका सचिव विरेन्द्र भुसालले जानकारी दिए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली