प्रेम सुनार । पुस १, गुल्मी । झण्डै तिन साता व्यापी शान्तिपुर्णं आन्दोलनबाट ५ नम्वर प्रदेश टुक्राउन पाईदैन भन्ने माग सरकारले सुनुवाई नगरेको भन्दै आज देखि सुरु गरिएको आक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । पुस १, गुल्मी । झण्डै तिन साता व्यापी शान्तिपुर्णं आन्दोलनबाट ५ नम्वर प्रदेश टुक्राउन पाईदैन भन्ने माग सरकारले सुनुवाई नगरेको भन्दै आज देखि सुरु गरिएको आक"/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा प्रहरी र आन्दोलनकारी विच झडप, अश्रुग्याँस प्रहार

२०७३, १ पुष शुक्रबार ०९:३५

प्रेम सुनार । पुस १, गुल्मी । झण्डै तिन साता व्यापी शान्तिपुर्णं आन्दोलनबाट ५ नम्वर प्रदेश टुक्राउन पाईदैन भन्ने माग सरकारले सुनुवाई नगरेको भन्दै आज देखि सुरु गरिएको आक्रमक आम हड्तालले  गुल्मी जिल्ला तनाव ग्रस्त बनेको छ ।  जिल्ला प्रशासनमा ताला ठोक्दै आन्दोलनकारीले एक जना कर्मचारी पनि छिर्न नदिई कव्जा जमाएका छन् । यो समाचार सकेर पठाउनै लागेको बेला सुरक्षा निकायलय बल प्रयोग गरे पछि ठुलो झडप भएको छ ।  सुरक्षा टोलीबाट अश्रुग्याँस प्रहार भई रहेको छ भने आन्दोलनकारीबाट ढुङ्गा हानहान भई रहेको छ । पत्रकारले त्यसको दृश्य खिच्न सक्ने समेत सकेका छैनन । भागदौड दुवै तर्फ चलेको छ ।

५ नम्वर प्रदेशको जिल्ला  घोषणा गरिएको वोर्ड हिजो सम्म गेटमा थियो भने आज प्रशासनको भित्रै अग्रभागमा लगेर टाँगिएको छ ।  जिल्ला प्रशासनको प्रतिकृया माग्दा प्रजिअ कृष्णप्रसाद ढुङ्गनाले फोन उठाएका छैनन् । ठुलो सख्यामा सुरक्षा निकाय थैनाथ गरिए पनि आन्दोलनकारीको घेरा तोडेर प्र.जि.अ. लगायतका कर्मचारी भित्र छिर्न सकेका छैनन् ।

यहाँका सवै शैक्षिक संस्था, यातायात सेवा, व्यापार व्यवसाय पुरै ठप्प पारिएको छ भने मेडिकल समेत बन्द गरिएको छ । आम हड्ताल आज देखि तिन दिन सम्मका लागि घोषणा गरिएको छ । यसबाट पनि सुनुवाई नभए सरकार विरुद्ध यो भन्दा पनि कडा आन्दोलन घोषणा गरिने चेतावानी संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले दिएका छन् ।

सदरमुकाम वाहिरको आन्दोलन पनि आक्रमक बन्दै गएको छ  । सिमलटारी, मजुवा , वामीटक्सार , वलेटक्सार रिडी , यता पुर्कोटदह , ईस्मा लगायतका प्रमुख स्थानहरुमा विशाल विरोध सभा भई रहेका छन् । सिमलटारीमा बन्दको अवज्ञा गर्ने केहि व्यक्तिहरु संग हातपात समेत भएको स्थानिय सञ्चारकर्मी खड्ग नेपालीले जानकारी दिए । सदरमुकाममा भई रहेको झडवमा घाईतेको संख्या एकिन भई सकेको छैन् । भागदौड र ढुङ्गा हाना हानले स्थिती यो भन्दा अप्रिय बन्न सक्ने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी