2026-09-13 06:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोस्रो खानेपानीे सुधार आयोजनाबाट पानी वितरण

पुस ४, बर्दिवास । महोत्तरीको बर्दिवासमा सञ्चालित दोस्रो खानेपानीे सुधार आयोजनाबाट आजदेखि पानी वितरण सुरु गरिएको छ । स्थानीय मुसहरबस्तीमा आज आयोजित कार्यक्रममा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले सो आयोजना शुभारम्भ गर्नुभएको हो । 

यसअघि पहिलो खानेपानी पहुँच आयोजनाबाट वितरण भएको पानी अपुग भएपछि सो आयोजना सुरु गरिएको थियो । एसियाली विकास बैंकको अनुदान सहयोग र ऋण तथा बर्दिवास खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको श्रमदानमा रु साढे पाँच करोडको लागतमा सो आयोजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष चुडामणि पोखरेलले जानकारी दिनुभयो । 

सहरीकरण बढ्दै गएसँगै बर्दिवासमा खानेपानीको समस्या ममाधान गर्न दुई वर्षपहिले सो आयोजना सुरु गरिएको थियो । 

“हाम्रो बस्तीबाटै खानेपानी धाराबाट पानी वितरण सुरु भयो”, मुसहर बस्तीकी मनिता सादाले भन्नुभयो–“अब लाग्छ हाम्रोबारे पनि अन्य समुदाय सोच्दा रहेछन् ।” 

मुसहर बस्तीमा आज खानेपानी धाराबाट पानी पाउन थालेको खुसियालीमा त्यो बस्तीका दलितले सामूहिक भोज गरेका थिए । खानेपानी तथा सरसफाइ संस्थाको दोस्रो सुधार आयोजना सम्पन्न भएसँगै बर्दिवास नगरपालिका क्षेत्रका वडा नम्बर १, २, ३ र ४ गरी चार हजार घरपरिवारलाई तत्कालका लागि खानेपानी समस्या समाधान भएको छ । अब बढ्ने जनसङ्ख्या र सहरीकरणलाई ख्याल गरेर बर्सेनि खानेपानीसँग सम्बन्धित काम गरिए पानीको समस्या नहुने संस्थाका अध्यक्ष पोखरेलको ठम्याइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन