2026-09-01 09:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्राम्हणले नै कन्यदान गरेर छोरी बिश्वकर्मालाई दिएपछि…

प्रेम सुनार/पूस ५, गुल्मी । जन्मे देखि ५० वर्षको उमेर सम्म चरम जातिय विभेद र छुवाछुत प्रथाले पिडित हुुँदै आएका गुल्मी अर्वेनी–२ का ईन्द्रबहादुर सुनारका चार भाई छोराहरुले भने त्यो विभेदलाई तोड्दै स्वजातिय देखि  विविन्न जात–जातिका युवतीहरु संग अन्तरजातिय विवाह गरेका छन् ।

जेठा छोरा चन्द्रले स्वजातिय युवती संग विवाह गरेका छन् । माईला छोरा मनोजले चौधरी थरीकी युवती संग विवाह गरेका छन् ।  साईला छोरा रमेशले हमाल थरकी र कान्छा छोरा सुर्यले श्रेष्ठ थरीकी युवती विवाह गरे पछि  उनका चार भाई छोराका चार जात वुहारी बनेका हुन् । 

विभिन्न चार जात–जातीका छोरीहरु एउटै घरका वुहारी बनेर मिलेर बसेको ईन्द्रबहादु बताउँछन् । ‘कथित माथील्ला जातीले गाउँमा अझै पनि धारामा पानीको गाग्री छुईन्छ कि भनेर तिर्कन्छन तर उनिहरु जस्तै गैह्र दलित युवतीहरु मेरा छोराहरुका अर्धङ्गनी बनेका छन्’ उनिहरुका लागि यो लोप्पा  पनि हो । ’

त्यसबाट जातिय विभेदका कट्टरवादीहरुलाई राम्ररी झट्का पुगेको उनी बताउँ छन् ।  त्यसो त अर्वेनी २ मै अर्का एक दलित युवा संग व्राम्हण समुदायकै माईतीजनले मन्दिरमै आएर छोरीको कन्यादान गराई दिए पछि त्यहाँका कट्टरवादीहरु तिन छक परेका छन् ।

अर्वेनी २ का लालबहादुर सुनारका छोरा तिलक सुनार संग अस्लेवाका टिकाराम पाण्डेकी छोरी देवि पाण्डे संग अर्वेनीको शिरमा रहेको शिद्धवाव मन्दिरमा विवाह गराईएको हो ।  छोरीको कन्यादान गराई दिन वावु टिकाराम  आमा, दाजु भाई दिदी वहिनीहरु समेत आएको सुनार परिवार बताउँ छन् । त्यसो त केहि महिना अघि गुल्मी कै तम्घासका एक दलित युवालाई पनि पाल्पा अर्गेलीको श्रेष्ठ परिवारले आफ्नो आँगन मै पाउ पुजेर छोरी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली