प्रेम सुनार/पुस ६, गुल्मी । नेपाल सरकारका गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले  संघिया र  परिवर्तनको विरोधी र खास राष्ट्रघ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/पुस ६, गुल्मी । नेपाल सरकारका गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले  संघिया र  परिवर्तनको विरोधी र खास राष्ट्रघ"/>

२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खास राष्ट्रघाती एमाले होः गृहमन्त्री

२०७३, ६ पुष बुधबार ११:२०


प्रेम सुनार/पुस ६, गुल्मी । नेपाल सरकारका गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले  संघिया र  परिवर्तनको विरोधी र खास राष्ट्रघाती नेकपा एमाले पार्टी भएको आरोप लगाएका छन् । 

गुल्मीको रेसुङ्गा नगरपालिका ३  भाडगाउँमा कांग्रेसका पुर्व पार्टी सभापति तथा  जिल्ला विकास समितिका पुर्व जिल्ला सभापति चन्द्र केसीका पिता ज्ञानबहादुर खत्रीको मृत्यु भएको आज ११ औं दिनमा शोक व्यक्त गर्न आएका गृहमन्त्री निधीले यस्तो आरोप लगाएका हुन् । 

५ नम्वर प्रदेश भित्र अहिले चलिरहेको आन्दोलनमा एमालेका पछाडी यस प्रदेशका कांग्रेसजन नलाग्न उनले सुझाव समेत दिएका छन् । उनले नेकपा एमालेले यति वेला तराई र पाहड विच फाटो पार्न जनतामा नचाँहिदो भ्रम छरेको आरोप लगाउँदै त्यो भ्रमका पछाडी नलाग्न कांग्रेसका जिम्मेवार नेताहरुलाई  निर्देशन समेत दिएका छन् । 

राष्ट्रघात सरकारमा भएका दलहरुले नगरेको जिकिर गर्दै उनले खास  राष्ट्रघाती काम नेकपा एमाले भएको आरोप लगाए् । उनले भने–‘सांसद चल्न नदिने ,संघियता लगायत नयाँ संविधानले दिएका  जनताका अधिकारलाई कार्यन्वयन हुनबाट रोक्ने एमालले नै हो,  कायन्वयन गराउन खोज्ने यो सरकार कसरी राष्ट्रघाति भयो ? गृहमन्त्री निधीले भने यदि यहाँ कोही राष्ट्रघाति छ भने एमाले नै हो । ’

कांग्रेस जिल्ला नेता केसी  परिवारलाई समावेदन दिन एक राज्य मन्त्री सहित ४ मन्त्री,  तिन जना सांसद र थुप्रै कांग्रेस नेताहरु लिएर नेपाली सेनाको हेलिकप्टर  चढेर आएका गृहमन्त्रीले जनतालाई सत्य  कुरा बुझाउन हिजो नेकपा एमाले कै अध्यक्ष केपी ओलीले पाहाडबाट तराई छुटाउन  पेश गरेको  प्रदेशको प्रस्तावको दस्तावेज बोकेर आफु आएको बताए ।

उनले भने –‘एमालले जनतामा निकै भ्रम छ¥यो , ल हेर्नुुस् हिजो  एमाले नेता केपी ओलीले नै ५ नम्वर प्रदेशबाट तराईका जिल्ला छुटाएको  दस्तावेज  मैले यहाँ लिएर आएको छु, तपाई पत्रकारहरुले पनि सत्य कुरा लेख्नुस् बोल्नुस् र जनतालाई सहि कुरा बुझाउनुस , हिजो यहि प्रस्ताव लैजाँदा एमाले राष्ट्रघाति नुहुने , अहिले हामीले पेश गर्दा राष्टघाती हुने ? 

उनले नेकमा एमालेमा नक्कली राष्ट्रवाद भएको आरोप लगाउँदै एमालेको भ्रममा नपर्न र उसको पछाडी नलाग्न ५ नम्वर प्रदेशका कांग्रेसजनलाई  आग्रह गरे । ‘हामीले देश टुक्राउने प्रस्ताव लगेका होईनौं , सिमाङनकको प्रस्ताव लगेका हौं , जुन प्रस्ताव माथी पक्ष विपक्षमा मतदान गराउने वातवरण संसदमा हुनु पर्छ जसलाई रोक्नु भनेको देशलाई द्धन्द्धमा धकेल्नु र प्राप्त उपलव्धीहरुलाई  खोस्न खोज्नु हो – उनले थपे ,–‘ यस विषयमा  एमालेबाट काग्रेसजन सजग हुनुहोस् ।’

शोक मन्तव्यको धेरै समय  एमाले विरुद्ध खर्चेका  गृहमन्त्री तथा कांंग्रेस नेता निधीले  एमाले वा जो कोहीलाई ५ नम्वर प्रदेश माथीको  प्रस्तावमा सांसदमा पक्ष विपक्षमा मत हालेर  छिनोफानो गर्ने अधिकार भएकोले आन्दोलन भन्दा त्यो वातवरण बनाउन सवै संग आग्रह गरे ।  

वालकृष्ण खाँड पनि तराईबाट पाहड अलग गर्दैमा नटुक्रिने पक्षमा 

गृहमन्त्री निधी संगै उक्त शोकसभामा समावेदना दिन आएका अर्का कांग्रेस नेता तथा रक्षामन्त्री वालकृष्ण खाँडले ५ नम्वर प्रदेशबाट तराईका जिल्ला छुटाउने विषयमा कांग्रेसले गरेको निर्णय विपरित आफु जान नसक्ने बताए । 

‘हो म पनि लुम्विनी अञ्चलवासी नै हो भन्दै उनले तराई पहाड हिमाल, जनजाती,मुस्लीम मधेसी सवैलाई नयाँ संविधानले दिएको अधिकार प्राप्ती गराउने गरी र  परिवर्तनको अनुभुती  दिने गरी कांग्रेसले गरेको निर्णय विपरित जान नहुने धारणा राखे ।  हिमाल वचाएको छ , हिमालीले , पहाड बचाएको छ पाहडीले र तराई वचाएको छ तराईवासीले भन्दै राष्ट्रवाद हिमाल , पहाड तराईवासी सवै संग वरावरी भएकोले छुट्टाउँदैमा कुनै खतरा नरहेको उनले बताए ।


रुपन्देहीबाट मलाई पनि किन वोल्नु हुन्न हाम्रो ५ नम्वर प्रदेशको आन्दालेनका विषयमा भनेर फोन आउछ ,लुम्निी संग भावनात्मक सम्वन्ध मेरो पनि छ , तर भोली सिमाना छुट्टिई पनि हाम्रो मन, हाम्रो सम्वन्ध कहिलल्लै छुट्टिने छैन, उनले भने जे जति भ्रम छरिएको छ यसबाट कांग्रेसजन सजग हुनुहोस् । 

म कांग्रेस भएकोले हाम्रा सभापतिले गरेको निर्णय मैले मान्नै पर्छ र तपाई कांग्रेसजनले पनि मान्नै पर्छ , यसर्थ त्यसको विपक्षमा नजानुहोस्’– उनको यस्तो सुझाव थियो । 

५ नम्वर प्रदेशबाट तराई टुक्राउने कांग्रेसले गरेको निर्णयलाई समर्थन गर्ने विषयमा उनले घुमाउँरो पाराले भने –‘ यस विषयमा वरु अरु सवै कुरा  छाड्न सक्छु तर कांग्रेस छाड्न सक्दीँन । 

कार्यक्रममा वन मन्त्री शंकर भण्डारी, कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रिय सदस्य पुष्पा भुसाल, वाणिज्य राज्य मन्त्री सुर्वण ज्वारचन, पर्वतका सांसद अर्जुनप्रसाद जोसी, तनहुँका सांसद ध्रुर्व वाग्ले, गुल्मीका सांसद कृष्णप्रसाद छन्त्याल, लगायतका कांग्रेस नेताहरु आएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ