पुस ८, गुल्मी | दलित र गैरदलित त्यसमाथि उमेर पनि निकै फरकबीच प्रेम सम्बन्ध रहेको भन्दै अर्बेनीका स्थानीयवासीले दुवैलाई गाउँ निकाला गरेका छन्। अर्बेनी–५ का ७५ वर्षीय लाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ८, गुल्मी | दलित र गैरदलित त्यसमाथि उमेर पनि निकै फरकबीच प्रेम सम्बन्ध रहेको भन्दै अर्बेनीका स्थानीयवासीले दुवैलाई गाउँ निकाला गरेका छन्। अर्बेनी–५ का ७५ वर्षीय लाल"/>
2026-09-01 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

प्रेम सम्बन्ध खुलेपछि ७५ बर्षीय बृद्ध र ४५ बर्षीया बृद्धालाई गाउँनिकाला

पुस ८, गुल्मी | दलित र गैरदलित त्यसमाथि उमेर पनि निकै फरकबीच प्रेम सम्बन्ध रहेको भन्दै अर्बेनीका स्थानीयवासीले दुवैलाई गाउँ निकाला गरेका छन्। अर्बेनी–५ का ७५ वर्षीय लालबहादुर सुनार र छिमेकी ४३ वर्षीया सावित्रा न्यौपानेबीच सम्बन्ध रहेको भन्दै गाउँलेले गाविस कार्यालयमै छलफल गराएर हस्ताक्षरसमेत गराई गाउँ छाड्न लगाएका हुन्। न्यौपानेका आफन्तको दबाबमा सुनारको घरसमेत भत्काइएको छ। 

सरदमुकाम तम्घासबाट झन्डै ६० किमि टाढा पूर्वमा रहेको अर्बेनी गाविसमा साताअघि यो घटना भए पनि डरले दुवै जना जंगलमा गएर बसेकाले यसको खुलासा हुन सकेको थिएन। स्थानीय दलित अधिकारकर्मीले बेपत्ता भएको भन्दै खोज्दा जंगलको ओडारमा फेला परेपछि घटना खुलेको हो।

पुस १ को बिहान ५ बजे लालबहादुरको घरमा सावित्रालाई फेला पारेपछि सावित्राका भतिज चिन्तामणि न्यौपानेको नेतृत्वमा भेला भएका स्थानीयले दुवैलाई गाउँ घुमाएर गाविसमा कागज गराई गाउँबाटै धपाएका थिए। गाविसमा भएको छलफलमा स्थानीय कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूसहित आमा समूह र महिला प्रतिनिधि समेतको उपस्थिति थियो। ‘एक्कासि मान्छे जम्मा भए र उनीहरूले नै लेखेको कागजमा औंठाछाप लगाउन लगाए,’ लालबहादुरका छोरा ३७ वर्षे अनुरामले भने, ‘त्यतिले पनि नपुगेपछि घर नै भत्काउन लगाए।’ बाबु र ती महिलालाई गाउँबाट धपाएपछि फर्केर आएका स्थानीयले घर भत्काउन दबाब दिएका थिए। ‘नभत्काए आगो लगाइदिन्छौं भनेपछि आफैं भत्काएँ,’ उनले भने।

अनुरामले नै बाबु खोजिदिन भन्दै स्थानीय दलित अगुवालाई गुहारेपछि सबैको पहलमा दुवै जनालाई छिमेकी गाविस हर्मिचौरको हार्से जंगलभित्र भीरको ओडारमा फेला पारिएको हो। ‘एक रात हर्मिचौरको नेपाली सेनाको क्याम्प नजिकैको पीपलको रूखको फेदमा बसेर बितायौं,’ पीडित लालबहादुरले भने, ‘त्यहाँ धेरै चिसो भएपछि जंगलमा ओडार खोज्दै गएका हौं।’ ओडारमा दुई दिन र दुई रात कटाएको उनले बताए। ‘सबै भेला भएर गाउँमा बस्न पाइँदैन भने,’ उनले भने, ‘सबैका अघि मेरो मात्र केही चलेन, त्यसैले घर छोडेर हिँड्यौं।’ लालबहादुरकी श्रीमतीको २२ वर्षअघि मृत्यु भएको थियो।

स्थानीय खिमलाल न्यौपानेका अनुसार विपन्न परिवारकी सावित्राका श्रीमान् बोल्न नसक्ने छन्। तीन छोरा र एक छोरीकी आमा सावित्रालाई श्रीमान्ले कुट्ने र दु:ख दिने गरेकाले लालबहादुर अभिभावक जस्तै लागेर सँगै बस्न खोजेको उनले बताइन्। ‘हामी राजीखुसी सँगै बस्न तयार भएका हौं,’ उनले भनिन्, ‘तर, गाउँलेले समाज नै बिग्रन्छ भन्दै गाउँमा बस्न दिएनन्।’ बाबुलाई गाउँमा राख्न नदिएको र बस्ने घरबास समेत भत्काइदिएकाले न्याय खोज्न भन्दै छोरा अनुरामले बिहीबार सदरमुकाम आएर प्रहरीमा उजुरी दिएका छन्।

दुई जनाबीच सम्बन्ध रहेको खुलेपछि स्थानीयले राजनीतिक दलका अगुवासहित समाज भेला भएर दुवैलाई कागज गराएका थिए। कागजमा लालबहादुर र सावित्रीको माग निवेदनअनुसार दुवै जनाको राजीखुसीबाट भएको सम्बन्धका कारण अबदेखि पतिपत्नीका रूपमा रही चन्द्रकान्त न्यौपानेको अंशमा दाबी नगर्ने र काजकिरियासमेत गर्न नपर्ने उल्लेख छ। उक्त कागजमा गाविस सहायक झविलाल न्यौपाने, कांग्रेस सभापति रामप्रसाद न्यौपाने, एमाले अध्यक्ष देवीप्रसाद न्यौपाने, माओवादी केन्द्रका पुनाभद्र न्यौपाने र महिला प्रतिनिधि हरिकला न्यौपानेसहित स्थानीय २८ जनाको उपस्थिति र हस्ताक्षर छ। – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली