११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

राहत रमक पाउन सरकारी प्रक्रिया झनझटिलो

९ पुष २०७३, शनिबार ११:४९

अमृत बास्तोला/पुस ९, तेह्रथुम । तेह्रथुमको ऐतिहासिक क्षेत्र आठराई संक्रान्तिबजारका अग्निपिडितहरुलाई शनिवार विभिन्न संघ संस्थाहरुबाट राहत उपलब्ध भएको छ । 

सामुदायिक सेवा केन्द्र फिदिम पाँचथर, सामुदायिक प्रहरी सेवा केन्द्र फिदिम संग आबद्ध केन्द्रले संक्रान्तिबजार अग्निपिडित तथा राहत व्यावस्थापन समितिलाई २ लाख १४ हजार १ सय तेइस रुपौया प्रदान गरेको हो । 

केन्द्रले संक्रान्तिबजारमा एक औपचारिक कार्यक्रमको आयोजना गरि समितिका प्रतिनिधि तथा अग्निपिडित दिपेश सिटौलालाई  केन्द्रका प्रमुख संरक्षक तथा प्रहरी नायव उपरिक्षक नकुल पोखरेल र केन्द्रका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले संयुक्तरुपमा हस्तान्तरण गर्नु भएको थियो । 

अग्निपिडित समितिलाई यस.बि.आई बैक पाँचथर शाखाका प्रबन्धक सुसान्त न्यौपानेबाट ५ हजार, फिदिमका विवेक पौडेलबाट ५ हजार र नगेन्द्र बिमलीले ५ हजार प्रदान गर्नु भएको छ । त्यस्तै पाँचथर फिदिमकै ज्ञानु श्रेष्ठ, सविता राउत, कल्पना शेर्मा  र रमा श्रेष्ठले एकमुष्ट ४ हजार बीस रुपौया अग्निपिडित समितिलाई प्रदान गर्नु भएको छ । कोषमा राहत रकम जम्मा गरेर सरकारी प्रक्रियाबाट पिडितलाई रकम उपलब्ध गराउन झनझटिले हुने र पिडित परिवारलाई दैनिक विताउन आर्थिक आवश्यक पर्ने भएकाले उक्त रकम कोषमा जम्मा नगरी अग्निपिडित तथा राहत व्यावस्थापन समितिलाई नै प्रदान गरिएको केन्द्रका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष अधिकारीले बताउनु भयो ।  

अग्निपिडित परिवारलाई वितरण गर्न ३५ हजार ५ सय रुपौया राहत रकम बोकेर आएको आलगैरी टोल सुधार समिति फिदिम भने राहत रकम वितरण नगरी फर्किएको छ ।  पिडित परिवारलाई प्रत्यक्ष राहत रकम वितरण गर्दा प्रभावकारी नहुने र “संक्रान्तिबजार पुर्नः निर्माण तथा पुर्नः स्थापना कोष”मा नगद राहत रकम जम्मा गर्दा वैज्ञानिक हुने संक्रान्तिबजार अग्निपिडित राहत वितरण समितिले भनेपछि सुधार समितिले कोषमा उक्त रकम जम्मा गर्ने भन्दै फर्किएको हो । 

शनिवार बैक बन्द हुने भएकाले आइतबार नै उक्त रकम नेपाल बैक लिमिटेडमा रहेको “संक्रान्तिबजार पुर्नः निर्माण तथा पुर्नः स्थापना कोष”को चल्ती खाता नम्बर ०५४००१०६३२२६९३०००००१ मा जम्मा गर्ने सुधार समितिका संयोजक राजेन्द्र अधिकारीले जानकारी दिनु भयो । सुधार समितिले अग्निपिडित परिवार बस्ने टहराको अनुगमन र पिडित परिवार प्रत्यक्ष भेटी विपत्तीबाट नआतिन आग्रह गरेको छ । पिडित परिवारलाई शान्तवना दिन सुधार समितिबाट चन्द्र डाँगी, बसन्त रिमाल र पत्रकार लक्ष्मी न्यौपाने लगायतका पद्याधिकारीहरुको उपस्थिती रहेको थियो । 

अग्निपिडित परिवारलाई पाँचथरका अन्य विभिन्न संघ संस्थाहरुबाट आएको लाखौ रकम बराबरको राहत सामग्री यस अघिनै वितरण भैसकेको छ । तेह्रथुम पाँचथर समन्वय समाज, पाँचथर उद्योग वाणिज्य संघ पाँचथर, निर्माण व्यवसायी संघ पाँचथर र कञ्चनजंगा ट्याक्सी व्यवसायी संघ पाँचथरले तत्कालै ७३ परिवारलाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरेका थिए ।

पुस १ गते भएको भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्थाहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह