अभिमनु कुमार पटेल | पुस ११, रौतहट । नेपाललाई २०७५ साल सम्म खुल्ला दिशा मुक्त क्षत्रे घोषणा गर्ने राष्ट्रिय सरसफाई गुरु योजना २०६८ को भावना र मर्म अनुरुप आज "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अभिमनु कुमार पटेल | पुस ११, रौतहट । नेपाललाई २०७५ साल सम्म खुल्ला दिशा मुक्त क्षत्रे घोषणा गर्ने राष्ट्रिय सरसफाई गुरु योजना २०६८ को भावना र मर्म अनुरुप आज "/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२० औँ गाविस दिपही खुल्ला दिसा मुक्त क्षेत्र घोषणा

११ पुष २०७३, सोमबार १३:५९


अभिमनु कुमार पटेल | पुस ११, रौतहट । नेपाललाई २०७५ साल सम्म खुल्ला दिशा मुक्त क्षत्रे घोषणा गर्ने राष्ट्रिय सरसफाई गुरु योजना २०६८ को भावना र मर्म अनुरुप आज रौतहट जिल्लाको गा.वि.स. दिपहीलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषण गरिएको छ । 

विगतको कठिन परिश्रमबाट आज सोमवार गा.वि.स. दिपहीलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने सकिएको आयोजक  संस्थाले जनाएको छ । गा.वि.स.मा सवै घर परिवारमा प्लान इन्टरनेशनल नेपालको सहयोग, अभियान नेपालको सहकार्य तथा गा.वि.स. स्तरीय स्वक्षता समन्वय समिति दिपहीको आयोजानमा शौचालनको निमार्ण भई प्रयोगमा आएकोले एक कार्यक्रम गरि गाविस दिपहीलाई खुल्ला दिशा मुक्त गाविस भएको घोषणा गरिएको हो । 

रौतहट जिल्लालाई वि.सं. २०७३ चैत्र मसान्त भित्र नै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्नु पर्ने, दोश्रो जिल्ला सरसफाई सम्मेलन गौरले प्रतिवद्धता गरे अनुसार अहिले धामधम गाविसहरु खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भईरहेको छ । जिल्लालाई समय सिमा भित्र पुर्ण खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न हाल ६५ गाविस र ३ नगरपालीकालाई घोषणा गर्नु पर्ने बाध्यतालाई सकार पार्न संस्थाहरु सक्रिय भएको देखिन्छ ।

आज दिपहीमा आयोजित गाविस खुल्ला दिसा मुक्त क्षेत्र घोषणा कार्यक्रम गाविस स्तरीय स्वक्षता समन्वय समिति दिपही र गाविस दिपही सचिव गोविन्द्र हजराको अध्यक्षता, रौतहट निमित प्रमुख जिल्ला अधिकारी गिरिधारी सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि निमित स्थानिय विकास अधिकारी किरण निधि तिवारी , सशस्त्र प्रहरी उपरिक्षक भगवान मल्ल, रौतहट जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख अनिल केशरी, अथिति प्लान इन्टरनेशनल नेपाल जिउनाथ प्राजुलि , उर्वरसी साह , यूएनहेविटेट रौतहट संयोजक दिपेन्द्र ठाकुर, अभियान नेपालको अध्यक्ष शत्रुधन सिंह, नेपाल पत्रकार महासंघ रौतहट अध्यक्ष शैलेन्द्र गुप्ता , रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा अध्यक्ष अभिमनु कुमार पटेल , आईडिई नेपालका मिथिलेश झा , नेपाल रेडक्रसका ध्रमेन्द्र सिंह रहनु भएको थियो ।


घोषणा कार्यक्रममा विभिन्न क्षेत्रबाट गाविसलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गराउन सहयोग गरेको भन्दै अभियान नेपालका कार्यक्रम समयोजक जितेन्द्र कुशवाहा , ४ जना पत्रकार, अभियान नेपालका सदस्यहरु, र कार्यक्रम अधिर्कत कृष्णदेव तिवारी , समाजिक परिचालक दिपेन्द्र साह , गाविस स्तरीय स्वक्षता समन्वय समिति दिपही सदस्यहरुलाई विशिष्ट अतिथि संग दोसला ओठढाई र प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथिहरुलाई आयोजकले मायाको चिन्हो प्रदान गरिएको थियो भन्ने कार्यक्रमको संचालन भिवासिसि सदस्य सचिव नेकमहम्द हुसैनले गर्नु भएको थियो । कार्यक्रमलाई रोमान्चक बनाउने रौतहट जिल्लाका प्रसिद्ध गायक विरिज किशोर सहनी, संगिता चौधरीको टिमहरुले आफनो प्रतिभा प्रतुत गरि मनोरंजन गराएका थिए ।

गा.वि.स दिपहीको कुल ७ सय ५९ घर धुरी मध्ये यस अभियान अन्तर्गत ६०० सय ६९ नयाँ शौचालय निर्माण गरि खुल्ला दिशामुक्त घोषणा समारोह गरि आयोजक संस्थाका सचिव राज सिंह पटेल जनकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह