पढ्न करिब 2 मिनेट लाग्छ
<p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/8d8a7edfdd92fb4d52273ad8189930ed1482826123.jpg" style="width: 100%;"><b>सन्तोषकुमार गुप्ता । दाङ १२ पुस ।</b> हिन्दू धर्मावलम्बिहरुको आराध्य तथा नेपालको राष्ट्रिय जनावर गौ हत्याको बिरोधमा दाङ लगाएत मध्यपस्चिमाञ्चल बन्दको क्रममा प्रहरी आक्रामक देखिएको छ । हिन्दूहरुको पबित्र धार्मिक क्षेत्र कैलालिको गोदावपरिमा सामुहिक गौ हत्या पछि दाङका बिभिन्न १२ वटा धार्मिक संघ संस्थाहरुले पौष १२ गते बन्दको आह्वान गरेका थिय । दाङ लगाएत मध्यपस्चिम क्षेत्रमा बन्दको पुर्ण प्रभाव परेको समाचारहरु आईरहेका छन् । हिन्दु बहुल देशमा १सय ४० गौहत्या हुनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ भने सो बिषयको छानबिनका लागि सरकार उदासिन रहेको हिन्दुबादि नेताहरुले बताएका छन् ।<br></p><p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/fddcc2aa6fd473fda399cb41619c312a1482826140.jpg" style="width: 100%;">शान्तिपुर्णरुपमा बन्द गराउन हिडेका बन्दकर्तालाई प्रहरीले सार्वजनिक रुपमा उठबस गराएको छ । दाङमा पौष १२ गते बिहान करिब ८ बजेतिर शान्तिपुर्णरुपमा बन्द गराउन हिंडेका कन्दकर्ता लाई प्रहरीले सार्वजनिक स्थलमा उठबस गराएको रेडियो झरनाका स्टेसन म्यानेजर रोशम मान श्रेष्ठले बताउनुभ भयो । अन्य दलहरुको बन्द भन्दा हिन्दुबादिहरुको बन्दमा प्रहरी आक्रामकरुपमा प्रस्तुत भएको नाम नबताउने सर्तमा एक बन्दकर्ताले बताए ।</p><p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/a1b8b3987770d889895acb3e4cd95f441482826205.jpg" style="width: 100%;">बन्दको क्रममा माधव काफ्ले,केशव बि.सि,तिलकराम शुबेदि,बिष्णु गौतम,रुपा वलि र उमान सिंह वलिलाई प्रहरीले पक्राउगरेको छ । भने प्रहरीले बन्दकै क्रममा पक्राउ गरेका निर्मल न्यौपाने लगाएतका नेताहरुको नाम भने सार्वजनिक गरेको छैन । यसै बिच धार्मिक नेताहरुले आफ्ना नेता तथा कार्यकर्ताहरुको बिना सर्त रिहाईको माग गरेका छन् । रिहाई नगरे थप ससक्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने नेता भरतनाथ योगिले संक्षिप्त प्रतिकृया दिएका छन् ।<img src="http://sajhasabal.com/uploads/posts/c6e966af708a17d5aa9f4dcbf250cc041482826226.jpg" style="width: 100%;"></p>

