३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

जिबिस कपिलवस्तुको बजेट चार अर्ब

१ चैत्र २०७२, सोमबार ११:४३

jibisa kapilvastuदीपकअनुरागी आचार्य/चैत १, कपिलवस्तु
पुर्वाधार, कृषि पर्यटन प्रर्वद्धनलाई प्राथमिकतामा राख्दै जिविस कपिलवस्तुले आगामी आ.ब.
२०७३÷७४ का लागि चार अर्बको अनुमानित बजेट प्रस्ताव गरेको छ ।

पूजिगत तर्फ १ अर्ब ७८ करोड र चालु तर्फ २ अर्ब २१ करोड गरि कुल ३ अर्ब ९९ करोड ३० लाख रकम
विनियोजन गरेको हो । जिल्ला विकास समिति कपिलवस्तुले तौलिहवामा आयोजना गरेको २१ औ जिल्ला परिषदबाट पारित
बार्षिक निति तथा बजेट कार्यक्रम सार्वजनिक समारोहमा चार अर्बको बजेट घोषणा गरेको हो ।

प्रस्तावित बजेट गत आर्थिक बर्ष २०७२÷७३ भन्दा १४ दशमलव एक प्रतिशतले कम हो ।
गत बर्ष ४ अर्व ६४ करोड ७० बजेट थियो । भौतिक पुर्वाधारमा २ अर्व १९ करोड, सामाजिक विकास तर्फ १ अर्व २९
करोड, गैर सरकारी संस्थामा २१ करोड ९१लाख, वन र वातापरणमा १२ करोड ७० लाख र आर्थिक तर्फ १२ करोड बजेट
राखिएका छन्

स्थानिय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले
कपिलवस्तुको दिर्घकालिन विकासको लागि पर्यटन प्रर्बद्धन तथा कृषिमा विशेष जोड दिइएको बताउनुभएको छ ।
निति कार्यक्रमलाई प्रस्तुत गर्दै उहाले अबको १ दशक बुद्ध संग सम्बन्धित प्राचिन ऐतिहासिक स्थलहरुको
उत्खनन्, प्रर्बद्धन, प्रचार प्रसार तथा आन्तरिक र बाह्य पर्यटकको लागि उत्कृष्ट गन्तव्य बनाउने
लक्ष्यका साथ अघि बढ्ने बताउनुभयो । कपिलवस्तुका ठूला ठूला खेतीयोग्य फाँट शिचाई अभावले बाँझो बन्दै
गएको र देश खाद्यान्नमै परनिर्भर बन्नुपरेको बाध्यताबाट मुक्त हुन अबको ५ बर्षमा जिल्लाका सबै क्षेत्रमा
शिचाई सुविधा पुरयाउने योजना बनाइएको जानकारी दिनुभयो ।

यसै गरि
जिल्ला विकास समितिले बर्षेनी प्रदान गर्ने विकास पत्रकारिता पुरस्कारबाट पत्रकार डिलाराम भुसाललाई रु
१५ हजार सहित सम्मान गरिएको छ । जिविसले यसै बर्ष देखि स्थापना गरेको समावेशी विकास पत्रकारिता
पुरस्कारबाट पत्रकार मनोज कुमार श्रीवास्तवलाई रु १५ हजार राशी सहित सम्मानित गरिएको छ ।

कार्यक्रममा पूर्व मन्त्री तथा सभासद वृजेश कुमार गुप्ता, सभासद बलराम
अधिकारी, डोर प्रसाद उपाध्याय, नरसिंह चौधरी, विश्राम प्रसाद थारु, अभिषेक प्रताप शाह लगायत जिल्लाका
विभिन्न राजनितिक दलका नेताहरुले कपिलवस्तुको विकासमा सबै एक भई अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
स्थानीय विकास अधिकारी न्यौपानेको अध्यक्षता र बासु जमरकट्टेलका संचालनमा भएको कार्यक्रममा एकीकृत
माओबादीका रुद्र बन्जाडे, एमालेका झबी पोख्रेल, तमलोपाका धरम बहादुर श्रीवास्तव, फोरमका केन्द्रिय सदस्य
सहसराम यादव, नेपाल सदभावना पार्टीका कालीपद शर्मा, राप्रपाका राम आषिष पाण्डेय लगायतले मन्तब्य
दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी