अमृत बास्तोला/पुस १३, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीका अग्निपिडित विद्यार्थी बालबालिकाहरुलाई ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमृत बास्तोला/पुस १३, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीका अग्निपिडित विद्यार्थी बालबालिकाहरुलाई ब"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अग्निपिडित विद्यार्थी परिवारलाई देउराली सोसाईटीद्धारा राहत

१३ पुष २०७३, बुधबार १२:१४



अमृत बास्तोला/पुस १३, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीका अग्निपिडित विद्यार्थी बालबालिकाहरुलाई बुधबार देउराली सोसाईटी तेह्रथुमले राहत सामग्री उपलब्ध गराएको छ । 

सोसाईटीले संक्रान्तिबजार स्थित ईलाका प्रहरी कार्यालयमा औपचारीक कार्यक्रमको आयोजना गरि अग्निपिडित ५० जना विद्यार्थी, ८ जना विद्यालय जान उमेर नपुगेका बालबालिका, ४ जना गर्भवति महिला र ९ जना विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको हो ।

पिडित विद्याथीहरुलाई शैक्षिक सामग्री, झोला, विद्यालय पोशाक, थर्मस, विद्यालय नजाने बालबालिका र विपन्न परिवारलाई न्यानो कपडा, ग्यास चुलो, प्रेसर कुकर, थर्मस र गर्भवती महिलालाई कुकर र थर्मस गरि १ लाख ९२ हजार बराबरको राहत सामग्री उपलब्ध गराइएको देउराली सोसाईटी तेह्रथुमका कार्यक्रम अधिकृत खगेन्द्र सापकोटाले जानकारी दिनु भयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै सोसाईटी अध्यक्ष दिनेश कुमार खनालले पिडाको घडीमा साहानुभूती स्वरुप राहत वितरण गरिएको बताउनु भयो । तेह्रथुमको जलजले गाविसबाट २०४८ सालमा जलजला समाजको विस्तारित देउराली सोसाईटीले खानेपानी तथा सरसफाई, सुधारिएको चुलो र स्थानिय अधिकार कार्यक्रम अन्र्तगत कृषि, शिक्षा, बालबालिका, महिला र सुसाशनको क्षेत्रमा काम गर्दै आएको अध्यक्ष खनालले बताउनु भएकोछ । 

गत पुस १ गते भएको भिषण आगलागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवारका ८ बालबातिका, ४ गर्भवति महिला, ५० विद्यार्थी, ९३ महिला सहित १७८ जना विस्थापित भएका छन् । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह