२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

उच्च मावि लालमटियामा गुणस्तरिय शिक्षाका लागि अन्र्तक्रिया

११ चैत्र २०७२, बिहीबार १२:०३

सन्तोषकुमार गुप्ता, चैत्र ११, भालुवाङ्ग

सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न शिक्षक, अभिभावक, विद्यार्थी र सञ्चालक समितीको
सक्रियाबाट मात्र सम्भव हुने सोमबार विद्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमका बक्ताले जोड दिएका छन्

आर्दश उच्च मावि लालमटियामा गुणस्तरिय शिक्षा प्रदान गर्न कसको के भुमिका बिषयक अन्तरक्रिया
कार्यक्रमका बक्ताले यस्तो कुरामा जोड दिएका हुन् । उनीहरुले गुणस्तरिय शिक्षा प्रदान गर्न कुनै एक्लो
पक्षले मात्र चाहेर सम्भव नहुने बताउँदै उनीहरले सबै जना जिम्मेवार हुन आग्रह समेत गरेका थिए । शिक्षक
अभिभावक संघका संयोजक बुद्धिराम चौधरीको अध्यक्षता एवम् विद्यालय निरिक्षक बेगम केसीको प्रमुख आतिथ्य
तथा लालमटिया स्रोत केन्द्रका स्रोत व्यक्ति बिप्लप अधिकारीको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको
हो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्णप्रसाद आचार्यको स्वागत मन्तव्य तथा बिषय प्रवेशबाट शुरु
भएको अन्तरक्रिया कार्यक्रमले गुणस्तरीय शिक्षा बिषयक अन्तरक्रिया कार्यक्रम पुन बृहत्त अभिभाबक भेलाबाट
गर्ने र शैक्षिक सत्र २०७३ बाट कक्षा ११, १२ को कक्षा दिवा समयमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
कार्यक्रममा विद्यालयको शैक्षिक, भौतिक अवस्था तथा अगामी कार्यक्रमका बिषयमा बिषयका प्राचार्य दामोदर
पाण्डेले जानकारी गराएका थिए । कार्यक्रममा ऐरावती आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख
बिष्णुप्रसाद भुसाल, विद्यालय व्यवस्थापन समितीका सदस्यहरु जेहरमान मियाँ, गुरुप्रसाद ज्ञवाली, शारदा
भुसाल, प्रेमबहादुर केसी, शिक्षक अभिभावक संघका सदस्यहरु गेबद्धन राना, नारायणी खनाल, हरिप्रसाद चौधरी,
पत्रकारद्धय सन्तोषकुमार गुप्ता, जमिर शाह, शिक्षकहरु किरण पोख्रेल, मिनबहादुर बिसी, सरिता रिजाल, गिता
गिरी, माधव बेल्बासे, खिमबहादुर केसी, जीबराज शर्मा र शिक्षाप्रेमी रामकृष्ण पौडेल लगायक्तका बक्ताले
शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका प्राचार्य दामोदर पाण्डेले गरेका
थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने