2026-09-16 08:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

उच्च मावि लालमटियामा गुणस्तरिय शिक्षाका लागि अन्र्तक्रिया

सन्तोषकुमार गुप्ता, चैत्र ११, भालुवाङ्ग

सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न शिक्षक, अभिभावक, विद्यार्थी र सञ्चालक समितीको
सक्रियाबाट मात्र सम्भव हुने सोमबार विद्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमका बक्ताले जोड दिएका छन्

आर्दश उच्च मावि लालमटियामा गुणस्तरिय शिक्षा प्रदान गर्न कसको के भुमिका बिषयक अन्तरक्रिया
कार्यक्रमका बक्ताले यस्तो कुरामा जोड दिएका हुन् । उनीहरुले गुणस्तरिय शिक्षा प्रदान गर्न कुनै एक्लो
पक्षले मात्र चाहेर सम्भव नहुने बताउँदै उनीहरले सबै जना जिम्मेवार हुन आग्रह समेत गरेका थिए । शिक्षक
अभिभावक संघका संयोजक बुद्धिराम चौधरीको अध्यक्षता एवम् विद्यालय निरिक्षक बेगम केसीको प्रमुख आतिथ्य
तथा लालमटिया स्रोत केन्द्रका स्रोत व्यक्ति बिप्लप अधिकारीको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको
हो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्णप्रसाद आचार्यको स्वागत मन्तव्य तथा बिषय प्रवेशबाट शुरु
भएको अन्तरक्रिया कार्यक्रमले गुणस्तरीय शिक्षा बिषयक अन्तरक्रिया कार्यक्रम पुन बृहत्त अभिभाबक भेलाबाट
गर्ने र शैक्षिक सत्र २०७३ बाट कक्षा ११, १२ को कक्षा दिवा समयमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
कार्यक्रममा विद्यालयको शैक्षिक, भौतिक अवस्था तथा अगामी कार्यक्रमका बिषयमा बिषयका प्राचार्य दामोदर
पाण्डेले जानकारी गराएका थिए । कार्यक्रममा ऐरावती आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख
बिष्णुप्रसाद भुसाल, विद्यालय व्यवस्थापन समितीका सदस्यहरु जेहरमान मियाँ, गुरुप्रसाद ज्ञवाली, शारदा
भुसाल, प्रेमबहादुर केसी, शिक्षक अभिभावक संघका सदस्यहरु गेबद्धन राना, नारायणी खनाल, हरिप्रसाद चौधरी,
पत्रकारद्धय सन्तोषकुमार गुप्ता, जमिर शाह, शिक्षकहरु किरण पोख्रेल, मिनबहादुर बिसी, सरिता रिजाल, गिता
गिरी, माधव बेल्बासे, खिमबहादुर केसी, जीबराज शर्मा र शिक्षाप्रेमी रामकृष्ण पौडेल लगायक्तका बक्ताले
शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका प्राचार्य दामोदर पाण्डेले गरेका
थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु