पुस १४, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई विहिबार शैनिक श्रीमती संघ (नेपाली सेना) ले राहत सामग्री उपलब्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १४, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई विहिबार शैनिक श्रीमती संघ (नेपाली सेना) ले राहत सामग्री उपलब्"/>
२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

आगलागि नियन्त्रण देखि राहत वितरणसम्म नेपाली सेना

२०७३, १४ पुष बिहीबार १३:२६

पुस १४, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई विहिबार शैनिक श्रीमती संघ (नेपाली सेना) ले राहत सामग्री उपलब्ध गराएको छ । 

संक्रान्तिबजार आइपुगेका सैनिक श्रीमती संघ (नेपाली सेना) को टोलीले इलाका प्रहरी कार्यालय संक्रान्तिबजारमा औपचारीक कार्यक्रमको आयोजना गरि १ हजार ७ सय १० केजि चामल, ९० थान ज्याकेट र ७८ थान कम्बल प्रदान गरेका छन् । सैनिक श्रीमती संघ (नेपाली सेना) भद्रकाली, काठमाडौको सहयोगमा प्राप्त राहत सामग्री  अग्निपिडित ७३ विस्थापति परिवारलाई वितरण गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै भैरवदल गण पाँचरका प्रमुख सेनानी शिवराज पन्तले करोडौको क्षति भएको यो दुःखको घडिमा पिडितहरुलाई साहानुभूति स्वरुप मलम लगाउने प्रयत्न गरिएको बताउनु भयो । पुस १ गते भएको आगलागी नियन्त्रण देखि राहत वितरण गर्दै आएको गणले आठराई क्षेत्रमा आइपर्ने जुनसुकै आपतकालिन विपत्तिमा सहयोग गर्ने गणपति पन्तले बताउनु भयो । 

त्यस्तै कार्यक्रममा संघकी सदस्य पुजा पन्तले भैपरी आइपर्ने घटनाहरु नियन्त्रणमा आकस्मिक निर्णय गर्न नसकिएकाले यतिका धेरै क्षति भएको बताउनु भयो । आपतकालिन अवस्थामा गाउँका युवाहरुलाई विपत्तिबाट हुन सक्ने जुनसुकै घटना नियन्त्रणबारे प्रशिक्षित गराउनु पर्ने भएकाले यसमा सरोकारवाला निकायले ध्यान दिनु पर्ने उल्लेख गर्नु भयो । 

संक्रान्तिबजारमा भएको भिषण आगलागी भैरवदल गण पाँचरबाट आएको नेपाली सेनाको टोली सहितको सुरक्षा निकाय, दम्कल र स्थानिय डोजरको ४ घण्टा लामो प्रयास पछि नियन्त्रणमा आएको थियो । 

आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ । – अमृत बास्तोलाबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ