मृत्यु हुनेमा वाणगंगा नगरपालिका–९ सिउटीकी १० बर्षिय बविता चौधरी
हुनुहुन्छ । जीतपुर तौलिहवा सडकखण्ड अन्र्तगत चारनम्बरबाट तौलिहवा तर्फ जादै गरेको लु १ ख ४७१८ नम्बरको
बसले जिल्लाको वाणगंगा १० गजेहडामा साइकल यात्रामा सवार बालिका र बालकलाई ठक्कर दिएको थियो

ठक्कर दिए पछि तत्काल उपचारको क्रममा अस्पताल लैजादै गर्दा बालिकाको मृत्यु भएको इलाका प्रहरी
कार्यालय पिपराका प्रहरी निरिक्षक विष्णु प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनामा
घाइते अर्का ६ बर्षिय बालकको स्थानिय कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरी निरिक्षक
पोख्रेलले बताउनुभएको छ । बालक चौधरीको अवस्था भने सामान्य छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।

दुर्घटना के कारणले घटेको हो भन्ने बारेमा अनुसन्धान जारी राखिएको
प्रहरीले जनाएको छ । मृत्यु हुने बालिका स्थानिय वाणगंगा उच्च मावि गजेहडामा कक्षा ५ र घाइते बालक कक्षा
२ मा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ । उहाँ दुई जना दिदि भाई हुनुहुन्थ्यो