Skip to content
Friday, July 17, 2026 Nepali Online Media

शुभ लक्ष्मी, अमरगढी , शिखर समैजी र नब चेतन सहकारी संस्था लिमीटेड साधारण सभा सम्पन्न

By साझासवाल 9 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

ममता भट्ट । पुष १६ डडेल्धुरा । शुभ लक्ष्मी साना किसान सहकारी कृषी संस्था लिमीटेड डडेल्धुराको प्रथम साधारण सभा सम्पन्न गरीएको छ । संस्थाको एक बर्ष सम्म गरेको कारोबार र आर्थिक प्रतिबेदन सार्वजनीक गर्न साधारण सभाको आयोजना गरिएको संस्थाका प्रबन्धक लोकेद्र ओझाले जानकारी दिएका छन् । आर्थिक प्रतिबेदनमा संस्थाले आर्थीक बर्ष २०७२÷७३ मा सम्म ७६ लाख ६० हजार चार सय ८४ को कारोबार गरेको देखाएको छ । हाल सम्म ५ सय भन्दा बढी सेयर सदस्य रहेको सहकारीले ७ लाख पूर्व प्रबन्धक अम्बादत्त जोशीको नाममा बेरुजु रहेको प्रबन्धक ओझाले बताएका छन ।

अमरगढी नगरपालीकामा कार्यालय सञ्चालनमा रहेको सात पोखराबाट पनी सेवा दिई रहेको छ । सहकारी संस्थाले पालना गर्नु पर्ने निती निमय पालना गरेको भएपनी  पूर्व प्रबन्धक जोशीले नगद प्रवाह गरी संस्थाको नियम बिपरीत काम गरेकोले सधारण सभाले निज ब्यक्तीलाई प्रसासनीक कावाही गरी रकम असुल गर्ने निर्णय गरेको जनाएको छ । यसका साथै नयाँ शेयर सदस्य २६ जनालाई शेयर प्रमाणपत्रका साथै खाँधा ओढाइ सम्मान गरिएको थियो । आगामी बर्षका लागि पञ्चबर्षिय योजना निर्माण गरिएको छ । अमरगढी नगरपालिका भित्र २० वटा महिला कृषि समूहहरु गठन गरि उनिहरुको कृषि क्षेत्रमा क्षमता अभिवृद्धि गर्न तालिम, गोष्ठी सञ्चालन गरिने जनाइएको छ । साना किसान कृषि सहकारी संस्थाबाट सूपथ मूल्य पसल समेत सञ्चालन गरिने बताइएको थियो । साथै आफ्नै बिभिन्न कृषिजन्य उत्पादनहरुलाई बजारमा ल्याइने समेत बताइएको छ ।

संस्थाका उपाध्यक्ष बेद प्रकास भट्टको अध्यक्षतामा सम्पन्न साधारण सभामा बिशिष्ट अतिथी महाकाली बिकाश बैङ्कका प्रबन्धक प्रकाश चटौत, प्रमुख अतिथी नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष छत्र साँउद रहेका थिए । कृषी क्षेत्रमा बैकले १२ प्रतिशत लगानी गर्नु पर्ने प्राबधान भएपनी नलगाएका प्रति सहकारीका उपाध्यक्ष पन्तले चिन्ता ब्यक्त गरेका थिए ।

यस्तै अमरगढी बचत तथा क्रण सहकारी संस्था लिमीटेडले आफनो छैटौँ साधारण सभा सम्पन्न गरेको छ । २०६८ सालमा स्थापना संस्थाले नाफामा रही सेयर सदस्यहरुलाई बोनस १५ प्रतिशत बितरण गरेको छ । आर्थीक बर्ष २०७२÷७३ को संकलन जम्मा पूजी ८४ लाख ३६ हजार ९ सय ६२ भएकोमा ६३ लाख ४२ हजार क्रण लगानी गरेको लेखा संयोजक अमर पुनले बताएका छन् । यस्तै सस्थाले प्रस्तुत गरेको आर्थिक प्रतिबेदनमा सेयर पुजी १८ लाख ४४ हजार रहेको र ब्याज ८ लाख १९ हजार ५ सय ४२ रहेको देखाएको छ । सनीबार साधारण सभाले जम्मा ब्याज र आम्दानीको एक प्रतिशत मुटु अस्पतालको लागी छुट्याउने निर्णय गरेको लेखा संयोजक पुनले बताए । सधारण सभा संस्थाका अध्यक्ष तेज बहादुर ऐरको अध्यक्षतामा सपन्न भएको हो ।

यस्तै गाङगेत गाबिसमा रहेको नब चेतन बहुउद्देशीय सहकारी संस्था लिमीडेटको ८ औँ साधारण सभा सम्मपन्न भएको छ । आर्थीक बर्ष २०७२÷७३ को आर्थीक प्रतिबेदन प्रस्तुगर्दै साधारण सभा सम्मपन्न भएको सहकार्मी राम खडकाले खबर पठाएका छन् ।

शिखर समैजी वचत तथा ऋण सहकारी सस्थांको दुई दिने कार्याशाला निती निर्माण तथा योजना तर्जुमा गोष्ठि शनिवार सम्पन्न भएको छ । सस्थाका सेयर धनी र साधारण सदस्यहरुलाई सहकारीको मापदण्ड अनुसार मुनाफा प्रदान गर्नका लागि सहकारी निती निर्माण र परिमार्जन गर्नका लागि सरोकारवाला कार्य समिती ,र विभिन्न उपसमितकिा पधाकिारी र सदस्यहरुको सहभागितामा कार्याशाला गोष्ठिको आयोजना शुक्रवार वाट गरिएको हो ।

डडेल्धुरा जिल्लाकै नमुना सहकारी मद्ये रहेको शिखर समैजी वचत तथा ऋण सहकारी सस्थाले आगामी दिनहरुमा सहकारीलाई शसक्त रुपमा आगाडी वढाउन र शेयर सदस्यहरुलाई वढी भन्दा वढी मुनाफा प्रदान गर्न र व्यवसायी वनाउनका लागि आफ्ना शेयरी धनी सदस्यहरु लगायत सहकारी को मुल समिती उप समितीका पदाधिकारी सगं छफफल गरिएको जनाएको छ । कार्याशाला गोष्ठिका माध्यम द्धारा छलफल भएका विषयवस्तुलाई वार्षिक साधारण सभाले अनुमोदन गरि कार्यान्वयन र लागु गर्ने जनासहकारी सस्थाक पदाधिकारीहरुले जनाएको छ । सो योजना लाई पुष २३ गते हुन गई रहेको साधारण सभामा प्रस्तुत गरि निर्णय पश्चात लागु गरिने सस्थाका अध्यक्ष खडक विष्टले जानकारी गराउनु भयो ।

उक्त कार्याशाला गोष्ठिमा बचत निती ,ऋणनिती ,लेखानिती , का वारेमा छाफपल गर्दै आगामी दिनहरुमा लगानी कसरि गर्ने ,ब्याज के कति दिने र ऋण लगे वाफत कति ब्याज लगाउने ,समयमा ऋण नतिर्ने र वचत नभर्ने सदस्यहरुलाई आगामी दिनमा के गर्ने भन्ने विषयमा छलफल गरिएको सहकारी सस्थाका सचिव जगदिश भण्डारीले जानकारी गराउनु भयो ।

केहि केहि सेयर धनीहरुले समयमा वचत नदिदा र केहि ऋणधनीहरुले भाका नाघेर पनि पैषा नतिरी दिदा सहकारीलाई ऋण लगानी गर्न समेत असजिलो परेको सहकारी सस्थाले जनाएको छ । यसरि भाका नागेर पनि ऋण असुल हुन नसक्दा अन्य शेयर धनी र सदस्यहरु समेत मार्कामा परेको र केहि ऋणीका कारणले सहकारीले नियममा आफ्ना सदस्यहरुलाई कडाई गर्नु परि रहेको वाध्यता समेत सस्थाका अध्यक्षले वताउनु भयो ।