2026-09-08 12:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सोलुखुम्बुको बेथिति: प्रसूति गृहको भवन निर्माण चार वर्षमा पनि सुरु भएन

पुस १७, सोलुखुम्बु | स्थानीय राजनीतिक दलबीच स्थानको विवाद हुँदा सोलुखुम्बुको देउसा गाविसमा निर्माण गर्न चार वर्षअघि बजेट विनियोजन गरेपनि बर्थिङ सेन्टर (प्रसूति गृह) अझै बन्न सकेको छैन । 

जग्गाको व्यवस्थापन भएमा भवन निर्माणका लागि योजना दिने सहरी विकास तथा भवन डिभिजन कार्यालयले भनेपछि २०६८ फागुन ४ गते पाँच रोपनी जग्गा निःशुल्क स्वास्थ्य चौकीका नाममा दाताबाट रजिष्ट्रेसन पास भएको थियो । लगत्तै भवन निर्माणका लागि रु तीन करोडको योजना पनि प्राप्त भयो । तर निर्माणका लागि ठेकेदारले सम्झौता गरिसकेपछि स्थानीय राजनीतिक दलबीच विवाद सुरु भयो । एक पक्षले स्वास्थ्य चौकीको नाममा रहेको जग्गामा भवन बनाउने अडान लिए भने अर्को पक्षले अहिले स्वास्थ्य चौकी रहेको सार्वजनिक जग्गामा भवन बनाउने अडान लिए । 

सहरी विकास तथा भवन डिभिजन कार्यालयले सार्वजनिक जग्गा पनि स्वास्थ्य चौकीका नाममा रजिष्ट्रेसन नभई भवन बनाउन नसकिने भन्दै दाताले स्वास्थ्य चौकीका नाममा दिएको जग्गामा भए तत्काल निर्माण कार्य सुरु गर्ने बतायो । 

हाल स्वास्थ्य चौकी रहेको सार्वजनिक जग्गा स्वास्थ्य चौकीको नाममा पास गर्न मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्छ, त्यो पनि भएन र केही व्यक्तिको विरोधका कारण स्वास्थ्य चौकीको जग्गामा पनि काम सुरु भएन । कार्यालयले स्थानीय सहमति जुटाए तत्काल काम सुरु गर्ने बताइरहेको भए पनि चार वर्षसम्म सहमति नै जुटेको छैन । 

सहमति जुटाउनका लागि शनिबार सगरमाथा असल शासन क्लब देउसाले गरेको आमभेलामा स्वास्थ्य चौकीको जग्गामा भवन बनाउन स्थानीयवासीको हस्ताक्षर सङ्कलन गरेको क्लबका अध्यक्ष मिलनकुमार राईले बताउनुभयो । देउसामा बर्थिङ सेन्टर नहुँदा त्यहाँका महिलालाई सुत्केरी गराउन पाँच घन्टाको टाढा नेलेमा पुर्याउनुपर्ने बाध्यता रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल