2026-11-02 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सोलुखुम्बुको बेथिति: प्रसूति गृहको भवन निर्माण चार वर्षमा पनि सुरु भएन

पुस १७, सोलुखुम्बु | स्थानीय राजनीतिक दलबीच स्थानको विवाद हुँदा सोलुखुम्बुको देउसा गाविसमा निर्माण गर्न चार वर्षअघि बजेट विनियोजन गरेपनि बर्थिङ सेन्टर (प्रसूति गृह) अझै बन्न सकेको छैन । 

जग्गाको व्यवस्थापन भएमा भवन निर्माणका लागि योजना दिने सहरी विकास तथा भवन डिभिजन कार्यालयले भनेपछि २०६८ फागुन ४ गते पाँच रोपनी जग्गा निःशुल्क स्वास्थ्य चौकीका नाममा दाताबाट रजिष्ट्रेसन पास भएको थियो । लगत्तै भवन निर्माणका लागि रु तीन करोडको योजना पनि प्राप्त भयो । तर निर्माणका लागि ठेकेदारले सम्झौता गरिसकेपछि स्थानीय राजनीतिक दलबीच विवाद सुरु भयो । एक पक्षले स्वास्थ्य चौकीको नाममा रहेको जग्गामा भवन बनाउने अडान लिए भने अर्को पक्षले अहिले स्वास्थ्य चौकी रहेको सार्वजनिक जग्गामा भवन बनाउने अडान लिए । 

सहरी विकास तथा भवन डिभिजन कार्यालयले सार्वजनिक जग्गा पनि स्वास्थ्य चौकीका नाममा रजिष्ट्रेसन नभई भवन बनाउन नसकिने भन्दै दाताले स्वास्थ्य चौकीका नाममा दिएको जग्गामा भए तत्काल निर्माण कार्य सुरु गर्ने बतायो । 

हाल स्वास्थ्य चौकी रहेको सार्वजनिक जग्गा स्वास्थ्य चौकीको नाममा पास गर्न मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्छ, त्यो पनि भएन र केही व्यक्तिको विरोधका कारण स्वास्थ्य चौकीको जग्गामा पनि काम सुरु भएन । कार्यालयले स्थानीय सहमति जुटाए तत्काल काम सुरु गर्ने बताइरहेको भए पनि चार वर्षसम्म सहमति नै जुटेको छैन । 

सहमति जुटाउनका लागि शनिबार सगरमाथा असल शासन क्लब देउसाले गरेको आमभेलामा स्वास्थ्य चौकीको जग्गामा भवन बनाउन स्थानीयवासीको हस्ताक्षर सङ्कलन गरेको क्लबका अध्यक्ष मिलनकुमार राईले बताउनुभयो । देउसामा बर्थिङ सेन्टर नहुँदा त्यहाँका महिलालाई सुत्केरी गराउन पाँच घन्टाको टाढा नेलेमा पुर्याउनुपर्ने बाध्यता रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द