अमृत बास्तोला | पुस १७, तेह्रथुम | करिब १९ बर्ष बढी कम्प्युटर सम्बन्धी काम गर्नु भएका म्याङलुङ नगरपालीका वडानम्बर ५ पिप्ले बस्ने राजु गड्गौलाले कृषिपर्यटनका लागी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमृत बास्तोला | पुस १७, तेह्रथुम | करिब १९ बर्ष बढी कम्प्युटर सम्बन्धी काम गर्नु भएका म्याङलुङ नगरपालीका वडानम्बर ५ पिप्ले बस्ने राजु गड्गौलाले कृषिपर्यटनका लागी"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

जागिर छाडेर पर्यटन प्रबर्द्धनमा लगानी

१७ पुष २०७३, आईतवार ०७:४९

अमृत बास्तोला | पुस १७, तेह्रथुम | करिब १९ बर्ष बढी कम्प्युटर सम्बन्धी काम गर्नु भएका म्याङलुङ नगरपालीका वडानम्बर ५ पिप्ले बस्ने राजु गड्गौलाले कृषिपर्यटनका लागी निजि लगानीमा पिप्लेमा एकिकृत ब्याबसाय सुरु गर्नु भएको छ । युवा ब्याबसायी गड्तौलाले ब्याबसाय सञ्चालनका लागी अहिले सम्म करिब ४० लाख बढी लगानीमा गाउमै एकिकृत ब्याबसाय सुरु गर्नु भएको हो । उहाले पर्यटन प्रबद्र्धनका लागी डाउन हिल कटेज र डाउन हिल मल्टी फर्म दर्ता गरेरै कृषि पेशामा लगानी गरेको बताउनु भयो।

पैसार प्रतिस्ठा भन्दा पनि आफु जन्मीएको गाउको परवर्तन गर्ने उदेश्यले बिराटनगरमा कम्प्यूटर हार्डवेयर ईन्जीनियरीङको जागिर चटक्कै छाढेर अहिले गड्तौला पशुपालन र होटल ब्याबसायमा ब्यस्त हुन भएको छ । लामो समय सम्म बिराटनगर बस्दै आएका युवा ब्याबसायी गड्तौलाले गाउँमा बाख्राँ, कुखुरा, माछापालन सुरु गर्दा आलोचना गर्नेहरु पनि अहिले आफ्नो ब्याबसाय हेर्न आउन थालेकाले सुखि ब्यक्त गर्नु भएको छ । उहाले एउटा तालिम हल,आधा दर्जन कटेज, बनभोज स्थल र दुई दर्जन बढी क्षमताको संरचना तयार गर्नु भएको छ । अब चाडै डाउन हिल कटेजमा स्वीमिङ पुल र चिल्ड्रेन पार्क समेत निर्माण गरिने उहाले जानकारी दिनु भयो ।

सुरुमा उहाले मनग्गै धान फल्ने खेत मासेर बासबाट निर्मित कटेजहरु निर्माण गरि रहदा बुद्धि बिग्रीयो भनेर आलोचना गर्नेहरु समेत अहिले तारिफ गर्ने गरेको सुनउनु भयो । आफुले सञ्चालन गरेका ब्याबसायबाट उत्पादन हुने उपभोग्य बस्तुको खपतका लागी आफ्नै लगानीका चमेना गृह समेत सञ्चालन गर्दा बजारको समस्या नरहेको बताउनु भयो । अहिले यो डाउन हिल कटेजमा आउने आन्तरिक पर्यटकहरुले आफ्नै फर्मको बस्तु अडर अनुसार प्रयोग गर्न पाउनु बिषेशता रहेको छ । ब्याबसाय सञ्चालनका लागी आफ्नो परिवारको समेत राम्रो साथ रहेको बताउने गड्तौलाको फर्ममा अहिले ६० बढी बाख्रा,एक दर्जन बढी खसी, ३ सय बढी बोईलर र सय बढी लोकल कुखुराका साथमा ५ सय बढी माछा पाल्नु भएको छ । 

एक सय रोपनीमा ब्याबसाय सुरु गरेका गड्तौलाले अहिले ४ जनालाई मासिक तलब र केहिलाई मौषम अनुसार रोजगारी पाएका छन् ।सदरमुकाम नजिकै रहेको पिप्लेमा सञ्चालन गरिएको यो ब्याबसायले गाउनै परिबर्तन हुन लागेको स्थानीयले बताएका छन् । डाउन हिल कटेज पिप्लेमा म्याङलुङ बसपार्क बाट पिप्ले सडक खण्ड हुदै साना तथा हलुका सवारी साधनबाट १५ मिनेट पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह