2026-09-07 11:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

ओझेलमा च्याङलुङ गुफा, संरक्षणमा स्थानीयको चासो

प्रकाश धौलाकोटी/पुस १८, तेह्रथुम । सुदाप गाउँ विकास समितिमा रहेको च्याङलुङ गुफा प्रशस्त पर्यटीय सम्भावना भएपनि उचित प्रचार प्रसार नहुँदा ओझेलमा रहेको छ । 

तर केही साता अघि मात्रै विभिन्न संचार माध्यमबाट गुफा ओझेलमा रहेको भन्ने समाचार प्रकाशनमा आएपछि गुफाको संरक्षण र संवद्र्धनमा स्थानीयबासी तथा सरोकारवालाहरुले चासो व्यक्त गरेका छन् । शुक्रबारे बजारदेखि करिब १५ मिनेटको सवारी यात्रापछि सो गुफासम्म पुग्न सकिन्छ । एक वर्ष अघिनै गुफासम्मे सडक सुविधा पुगेको छ । 

अब यसको उचित संरक्षण संवद्र्धन गर्दै प्रचार प्रसार गर्न सके उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको स्थानीय तथा सुदाप गाविस सचिव हरिप्रसाद कोइरालाले बताए । अहिले स्थानीयले गुफाको सीमा क्षेत्र निर्धारण तथा संरक्षणकालागि एउटा समिति नै गठन गरेका छन् । समितिले गुफाको सिमा क्षेत्र निर्धारण र संरक्षणको काममा विभिन्न निकायसँग बजेट माग गरिरहेको समितिका सचिव कमानसिंह आंखेवाले जानकारी दिए । 

यो गुफा करिब ३ किलोमिटर लामो रहेको स्थानीय बताउँछन् । हालैमात्र जिल्लाका सरोकारवालाहरुको टोलीले गुफाको अवलोकन गरेको छ । टोलीले गुफाको करिब २ सय ५० मिटर भित्रसम्म छिरेर निरीक्षण गरेको टोलीमा रहेका फक्ताङलुङ सांस्कृतिक मन्चका अध्यक्ष सन्तोष तिगेलाले बताए । गुफाको संरक्षण गरी प्रचारमा ल्याउन सके पर्यटकीय सम्भावना रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित