१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

प्रतिगामी संबिधान बनाउन खोजेको भन्दै नवलपरासीमा आन्दोलनको चेतावनी

२४ श्रावण २०७२, आईतवार ००:११

साउन-२४, नवलपरासी । प्रतिगामी संबिद्यान बनाउन खोजेको भन्दै
असन्तुष्ट दलहरुले नवलपरासीमा आन्दोलनको चेतावनी दिएका छन् । अन्तरिम संबिद्यान भन्दा पनि प्रतिगामी
किसिमको संबिद्यानको मस्यौदा आएको भन्दै ३३ दलीय मोर्चा र मधेशी मोर्चामा आबद्ध दलहरुले आइतवार
आन्दोलनको चेतावनी दिएका हुन । असन्तुष्ट दलहरुले सदरमुकाम रासीमा आयोजना गरेका अन्तरक्रियामा बोल्दै १२
दलीय मोर्चामा आबद्ध दलहरुले काग्रेस एमाले एमाओवादी र फोरम लोकतान्त्रिकले प्रतिगामी संबिद्यान जारी
गर्न खोजेको बताउदै त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका हुन ।

कार्यक्रममा संघीय समाजवादी फोरम, तराई मधेश
लोकतान्त्रिक पार्टी, नेकपा–माओवादी , सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी, नेपाल सद्भावना
पार्टी , राष्ट्रिय मधेश समाजवादी पार्टी लगायत १२ दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको बैद्य
माओवादी नवलपरासीका सचिव सुर्य न्यौपानेले जानकारी दिनुभएकोछ ।

अन्तरक्रियाबाट साउन २६ गते सदरमुकाम परासीमा गरिने
बिरोध सभामा ब्यापक जनसहभागिता जुटाउन कार्यकर्ताहरुलाई निर्देशन गर्ने ,३० गते साझ मसाल जुलुस गर्ने र
३१ गतेको आमहडताललाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय भएको १२ दलीय मोर्चाका संयोजक धरेन्द्र यादवले
बताउनुभयो ।

त्यस्तै
आन्दोलनमा आदिवासी जनजाति मधेशी मुश्लिम, महिला तथा पिछडिएका वर्गका नागरिकहरुलाई सहभागि गराउन आब्हान
समेत गर्ने निर्णय भएको मधेशी मार्चा नवलपरासीका संयोजक मुकुरजी गिरीले बताउनुभएकोछ । १२ दलीय मोर्चा
नवलपरासीका संयोजक धरेन्द्र यादवको अध्यक्षता बैद्य माओवादीका सचिव सुर्य न्यौपानेको संचालनमा भएको
कार्यक्रममा मोर्चा आबद्ध दलहरुका जिल्ला कमिटीका पदनधिकारीहरुका सहभागिता रहेको थियो ।

त्यस्तै असन्तुष्ट दलहरुले सदरमुकाम
परासीमा ४ दलले शनिवार गरेको सिमाङकन जलाएका छन् । चारदलीय सहमतिले पहिचान बिनाको ६ प्रदेशको संघीयता
ल्याएको भन्द असन्तुष्टदलका कार्यकर्ताहरुले सिमाङकन जलाएको हैदर अलि मोमिनले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक