२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अग्निपिडित परिवारलाई धरान र दमकबाट राहत उपलब्ध

२०७३, १९ पुष मंगलवार १०:५५

अमृत बास्तोला, पुस १९, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीका अग्निपिडित परिवारलाई धरान र दमकबाट राहत उपलब्ध भएको छ । संक्रान्तिबजार आईपुगेका धरान बाट संचालित हामी साथी साथी समूहका प्रतिनिधिहरुले अग्निपिडित विद्यार्थीहरुलाई ६० थान शैक्षिक सामग्री र न्यानो कपडा, विद्यालय जान उमेर नपुगेका बालबालिका र गर्भवती महिलाहरुलाई १९ थान न्यानो कपडा वितरण गरेका छन् । २ वर्ष देखि सामाजिक क्षेत्रमा क्रियाशिल साथी साथी समुहको अभियानबाट संकलित ८० हजार बराबरको राहत सामग्री उपलब्ध गराईएको समुहका अभियानता सुमन श्रेष्ठले जानकारी दिनुभयो । 

त्यस्तै अग्निपिडित परिवारलाई दमक उद्योग वाणिज्य संघ र दमक समाजबाट पनि राहत रकम उपलब्ध भएको छ । समाजबाट १ लाख ३ हजार रसंघबाट २५ हजार राहत रकम उपलब्ध भएको उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेलले जानकारी दिनु भयो । संक्रान्तिबजार आइपुगेका संघका कार्यालय सचिव ज्ञाननाथ पौडेल र समाजका प्रतिनिधि तिर्थराज बस्नेतले सो रकम हस्तान्तरण गरेका हुन् । 

विभिन्न संघ संस्थाबाट अग्निपिडित परिवारलाई संक्रान्तिबजरमा उपलब्ध भएको ६ लाख १ हजार राहत रमक “संक्रान्तिबजार पुर्नः निर्माण तथा पुर्नः स्थापना कोष” मा जम्मा गर्न प्रमुख जिल्ला अधिकारी मनुका न्यौपानेको उपस्थितिमा जिल्ला विकास समिति र स्थानीय विकास कोषका कार्यकारी सचिव कृष्णप्रसाद घिमिरेलाई प्रदान गरिएको उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ