अग्निपिडितका लागि कोषमा १३ लाख रुपैयाँ बढी जम्मा

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

अमृत बास्तोला/पुस २०, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारका अग्निपिडितको सहयोगका लागि अहिले सम्म १३ लाख रुपैया भन्दा बढी नगद संकलन भएको छ ।

दैवी प्रकोप उद्धार समिति तेह्रथुमले संचालन गरेको “संक्रान्तिबजार पुर्नः निर्माण तथा पुर्नः स्थापना कोष”मा विभिन्न संघ संस्था र व्याक्तिहरुले उपलब्ध गराइएको राहत स्वरुप सहयोग नगद कुल १३ लाख ५५ हजार ५ सय १६ रुपैयाँ भएको छ । कोषको खातामा बुधबार सम्म यतिका सहयोग रकम जम्मा भएको सहायक प्रमुख जिल्ला अधिकारी जयप्रकाश बस्नेतले जानकारी दिनु भयो ।

तेह्रथुमको संक्रान्तिबजारमा भएको भिषण आगलागीका पिडितहरुलाई विभिन्न देशहरुमा प्रवासी नेपालीहरुबाट राहत तथा सहयोग रकम संकलनका लागि अभियान संचालन भईरहेको बताइएको छ । तेह्रथुम समाज युके र प्रवासी नेपालीहरुको संयुक्त अभियानबाट ११ लाख रुपैयाँ संकलन भएको युकेबाट सुरेन्द्र ईङनामले आठराई पत्रकार समाज तेह्रथुमलाई फेसबुक मार्पmत जानकारी गराउनु भएको पत्रकार समाजका अध्यक्ष अमृत क्षेत्रीले जानकारी दिनु भयो ।

उत्ता इजरालमा पाथिभरा मिडिया ग्रुपले पनि अग्निपिडितहरुको लागि राहत संकलन अभियान संचालन गरेको छ । मिडिया ग्रुपले चलाएको अभियानबाट १ लाख भन्दा बढी रकम संकलन भईसकेको इजरायलबाट समाजसेवी देव बास्कोटाले जानकारी दिनु भएको छ ।

त्यस्तै गरी प्रवासी नेपालीहरुबाट कोरियामा पनि “संक्रान्तिबजार पुर्नः निर्माण तथा पुर्नः स्थापना”का लागि राहत संकलन अभियान संचालन भएको कोरियाबाट रामप्रसाद उप्रेतीले जानकारी दिनु भएको छ ।

पुस १ गते भएको भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply