पर्वत । धौलागिरीका चार जिल्लामा पनि लोडसेडिङ अन्त्य हुने भएको छ । धौलागिरीका पर्वत बाग्लुङ, म्याग्दीमा अब लोडसेडिङ अन्त्य हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले  बताएका हुन् । उनले यस क्षेत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । धौलागिरीका चार जिल्लामा पनि लोडसेडिङ अन्त्य हुने भएको छ । धौलागिरीका पर्वत बाग्लुङ, म्याग्दीमा अब लोडसेडिङ अन्त्य हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले  बताएका हुन् । उनले यस क्षेत"/>
२१ मंसिर २०८२, शनिबार
कृषि गतिबिधी

अब धौलागिरिमा लोडसेडिङ्ग हुदैनः कुलमान घिसिङ

२१ पुष २०७३, बिहीबार ०६:१५

पर्वत । धौलागिरीका चार जिल्लामा पनि लोडसेडिङ अन्त्य हुने भएको छ । धौलागिरीका पर्वत बाग्लुङ, म्याग्दीमा अब लोडसेडिङ अन्त्य हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले  बताएका हुन् । उनले यस क्षेत्रका उद्योगी ब्यबसायीहरु संगको कुराकानी गर्दै धौलागिरीमा मात्रै नभई पर्यटकीय क्षेत्र पोखारामा समेत लोडसेडिङ अन्त्य हुने बताए ।  उनले धौलागिरीका ती जिल्ला सहित पोखरा क्षेत्रमा पनि लोडसेडिङ्ग नहुने पनि उनले स्पष्ट पारे । उर्जाको खानी पर्वतमा लोडसेडिङ अन्त्य भने हुन नसकेको छैन पछिल्लो उर्जामन्त्री र विद्युत प्राधिकरणले थालेको अभियानका कारण पर्वतमा लोडसेडिङ भएको छैन र अब लोडसेडिङको तालिका समेत सार्वजानिक नहुने बताए ।


धौलागिरीका तीन जिल्लामा अघोषित रुपमा लामो समय देखि लोडसेडिङ्ग भएको छैन। समय समयमा अघोषित रुपमा बत्ती जाने समस्या भने हट्न सकेको छैन। “लोडसेडिङ पहिलेको जस्तो अब हुँदै हुँदैन,” उनले भने “आधारभूत रुपमा लोडसेडिङ हटिसकेको अवस्था छ ।’


पर्वत जिल्ला मुलुककै ठुलो कालीगण्डकी ए जलबिद्युतकेन्द्रको पनि प्रभावित जिल्ला हो भने १४ दशमलब ८ मेघावाटको मोदीखोला र १० मेघावाटको तल्लो मोदीखोला एक जलबिद्युत आयोजनाबाट बिद्युत उत्पादन भैसकेको छ। अन्य आयोजनाहरु समेत निर्माणचरणमा छन। म्याग्दीमा पनि ठुला र मझौला जलबिद्युत आयोजनाहरु निर्माणको चरणमा छन ।


यसले गर्दा पनि यस क्षेत्रमा लोडसेडिङ्ग नगर्ने योजनामा प्राधिकरण रहेको बुझिएको छ । कार्यकारी निर्देशक घिसिङ्गले मुलुकमा आधारभूत रुपमा लोडसेडिङ अन्त्य भएको बताएका छन् । बाह्रखरीसँग कुरा गर्दै उनले लोडसेडिङ पूर्ण रुपमा हटाउन लागि परेको जानकारी दिँदै मुलुक अब आधारभूत रुपमा लोडसेडिङमुक्त भएको बताए । सानातिना प्राविधिक समस्याले विद्युत आपूर्ति अवरुद्ध हुने गरेको उनको भनाई छ । उनले काठमाडौं उपत्यकाका अतिरिक्त पोखरा, बाग्लुङ, पर्वत र म्याग्दी पूर्ण रुपमा लोडसेडिङमुक्त भइसकेको बताएका छन् ।


यस्तै पूर्व क्षेत्रमा पनि लोडसेडिङ नभएको उनले जानकारी दिए । तत्काल लोडसेडिङ् हटाउन भारतबाट बिजुली आयात बढाइएको उनले जानकारी दिए । प्राधिकरणले उपत्यकाबाहिर पनि औसत दैनिक २ घण्टा मात्र लोडसेडिङ भएको बताएको छ । शनिबार राती १२ बजेदेखि भारतबाट थप ४० मेगावाट बिजुली आयात भएको छ । यो समेत गरी भारतबाट बिजुलीको आयात बढेर ३४० मेगावाट पुगेको छ । भारतको मुज्जफपुर–ढल्केबर अन्तरदेशीय प्रसारणलाइनबाट थप बिजुली आयात भएको हो । यस्तै अर्को महिना प्रणालीमा थप ४० मेगावाट बिजुली थप हुनेछ ।डसेडिङ हटाउन विद्युत प्राधिकरणले भारतबाट ५६० मेगावाटसम्म बिजुली आयातको तयारी गरेको छ ।


नदीमा जलस्तर घट्दै गएर विद्युत उत्पादनमा कमी आएपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट थप बिजुली आयात गर्न लागेको हो । जलप्रवाह कम भएपछि कालिगण्डकी, मध्यमस्र्याङदी, मस्र्याङदी र खिम्तीलगायत ठुला आयोजनाबाट विद्युत उत्पादन आधा घटेको छ । साउनयता

९७ मेगावाट क्षमताका आधादर्जन जलविद्युत आयोजना सम्पन्न भइ प्रणालीमा ३३ मेगावाट बिजुली थप भइसकेको छ । अन्य आयोजनाबाट परीक्षणका रुपमा विद्युत उत्पादन भइरहेको विद्युत प्राधिकरणले जनाएको छ । यस्तै अन्य प्रसारणलाइन निर्माण र स्तरोन्नतिको काम भइरहेकाले सम्पन्न भएपछि मात्र थप बिजुली आयातका लागि पीपीए हुनेछ ।


जसअनुसार कटैया–कुसाह र परावनीपुर–रक्सौलमा १३२ केभी प्रसारणलाइन निर्माण भइरहेकाले सम्पन्न भएपछि मात्र दुई लाइनबाट थप १ सय मेगावाट आयातका लागि पीपीए हुने प्राधिकरणले जनाएको छ । कटैया–कुसाहबाट हाल १३० मेगावाटसम्म आयात भइरहेकोमा क्षमता बढाएपछि थप ५० र परवानीपुर–रक्सौलबाट थप ५० मेगावाट बिजुली आयात हुँदैछ । अहिले भारतबाट आइरहेको बिजुलीमा २२० मेगावाट थप गर्दा देशभर लोडसेडिङ् नहुने प्राधिकरणको अनुमान छ । भारतबाट गतवर्षसम्म ३४७ मेगावाटसम्म बिजुली आयात भएको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट