३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मधेषलाई मात्र राखेर गरिने प्रदेशले थारु समुदायको हितः महामन्त्री थारु

३१ श्रावण २०७२, आईतवार ०४:५०

साउन-३१, नवलपरासी । थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रिय
महामन्त्री मझीलाल थारु थनेत थारु कल्याणकारिणी सभाले चितवन लगायत परासीदेखि पश्चिमका तराईलाई छुट्टै
राज्यको माग गर्दै गरेको आन्दोलनको विपक्षमा उभिएका छन् ।

आइतबार नवलपरासीको नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला कायम गर्न माग गर्दै गरिएको दबाब मुलक
र्यालीलाई सम्बोद्धन गर्दै पूर्व संसद समेत रहेको महामन्त्री थारुले मधेषलाई मात्र राखेर गरिने प्रदेशले
थारु समुदायको हित नहुने बताउनुभयो ।

मझीलाल थारुले नवलपुर खण्ड
छुट्टै जिल्ला बनाउनु जनताको चाहाना र जनभावना अनुसार भएको भन्दै कसैले आन्दोलन गर्दैमा अब नवलपरासीको
नवलपुर क्षेत्र परासी क्षेत्रमा नमिसिने दावी समेत गरे ।

नवलपुर
उद्योग बाणिज्य संघ नवलपुरले आयोजनामा सोमबार कावासोतीमा नवलपरासीबाट नवलपुर जिल्ला टुक्र्याउने निर्णय
कार्यान्वयन गर्न दबाब दिनका लागि दबाब र्याली निकालिएको थियो ।

र्यालीलाई सम्बोद्धन गर्दै थनेतले नवलपरासी जिल्लाको पाहाडी जिल्ला रुचाङ, डेढ गाँउ लगायतका
पहाडी क्षेत्रका जनताले सदियौदेखि दुख पाएको हुदा देश संधिततामा जादा कावासोतीलाई सदरमुकाम कायम गरी
भिन्दै नवलपुर जिल्ला निर्माण गर्नु पर्ने बताए । थनेतले नवलपरासी जिल्लालाई अखण्ड राख्न भन्दै आन्दोलन
नगर्न समेत आग्रह गरे ।

र्यालीमा उद्योगी, व्यापारी, शिक्षक,
प्राध्यापक, विभिन्न संघ संस्थाका प्रतिनिधि राजनीतिक दलका स्थानीय नेता, पत्रकार, अधिकारकर्मी लगायतको
सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली