2026-09-01 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसीलाई संविधानको धारमा ल्याउन संशोधन प्रस्ताव : नेता पुन

पुस २५, गुल्मी । नेकपा (माओवादी केन्द्र) का सचिव वर्षमान पुनले मधेसीलाई संविधानको धारमा ल्याउन संविधान संशोधन प्रस्ताव ल्याएको बताउनुभएको छ । 

पार्टी कामको सिलसिलामा गुल्मी आइपुग्नुभएका नेता पुनले आज प्रेस सेन्टर गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा उक्त कुरा बताउनुभएको हो । उहाँले संविधानको स्वीकार्यता बढाउनु र निर्वाचनमा जाने मुख्य उद्देश्यले संविधान संशोधनको प्रस्ताव ल्याएको दाबी गर्नुभयो । 

सरकारले संसद्मा पेस गरेको संशोधनको प्रस्तावले सरकार र प्रतिपक्षको दूरी घट्ने दाबी गर्दै नेता पुनले सरकार संसद्मा पेस भएको प्रस्ताव पास गर्न लाग्ने र प्रतिपक्षले यसलाई फेल गर्न लाग्नु स्वभाविक रहेको धारणा व्यक्त गर्नुभयो । 

संशोधन प्रस्ताव पास गराएर सबै दल स्थानीय तहको निर्वाचनमा गए संविधानको कार्यान्वयन पनि अघि बढ्ने उहाँले बताउनुभयो । 

नेता पुनले अब संविधान निर्माणका सहयात्री दलहरु सबै एकठाउँमा उभिएर निर्वाचनमा जानुको विकल्प नरहेको भन्दै निर्वाचन आयोगले आउँदो वैशाखको अन्तिमसम्म हुने गरी स्थानीय तहको निर्वाचनको मिति तय गर्ने तयारी गरेको जानकारी दिनुभयो । 

सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव प्रक्रियाबाट टुङ्गिने र निर्वाचनमा जाने वातावारण बन्ने उहाँको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली