१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसीलाई संविधानको धारमा ल्याउन संशोधन प्रस्ताव : नेता पुन

२५ पुष २०७३, सोमबार १०:१२

पुस २५, गुल्मी । नेकपा (माओवादी केन्द्र) का सचिव वर्षमान पुनले मधेसीलाई संविधानको धारमा ल्याउन संविधान संशोधन प्रस्ताव ल्याएको बताउनुभएको छ । 

पार्टी कामको सिलसिलामा गुल्मी आइपुग्नुभएका नेता पुनले आज प्रेस सेन्टर गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा उक्त कुरा बताउनुभएको हो । उहाँले संविधानको स्वीकार्यता बढाउनु र निर्वाचनमा जाने मुख्य उद्देश्यले संविधान संशोधनको प्रस्ताव ल्याएको दाबी गर्नुभयो । 

सरकारले संसद्मा पेस गरेको संशोधनको प्रस्तावले सरकार र प्रतिपक्षको दूरी घट्ने दाबी गर्दै नेता पुनले सरकार संसद्मा पेस भएको प्रस्ताव पास गर्न लाग्ने र प्रतिपक्षले यसलाई फेल गर्न लाग्नु स्वभाविक रहेको धारणा व्यक्त गर्नुभयो । 

संशोधन प्रस्ताव पास गराएर सबै दल स्थानीय तहको निर्वाचनमा गए संविधानको कार्यान्वयन पनि अघि बढ्ने उहाँले बताउनुभयो । 

नेता पुनले अब संविधान निर्माणका सहयात्री दलहरु सबै एकठाउँमा उभिएर निर्वाचनमा जानुको विकल्प नरहेको भन्दै निर्वाचन आयोगले आउँदो वैशाखको अन्तिमसम्म हुने गरी स्थानीय तहको निर्वाचनको मिति तय गर्ने तयारी गरेको जानकारी दिनुभयो । 

सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव प्रक्रियाबाट टुङ्गिने र निर्वाचनमा जाने वातावारण बन्ने उहाँको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह