2026-09-18 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा भएको तोडफोडको बिरोध

भदौ-६, काठमाडौँ । मधेशी थरुहट संर्घष समिति नवलपरासीले
गत शुक्रवार तराई मधेश लोकतान्त्रिक पार्टीको बेलाटारीको कार्यालयमा भएको तोडफोडको बिरोध गर्दै बिरोध
सभा गरेको छ ।

बिरोधसभामा तराई मधेश लोकतान्त्रिक पार्टीका सहसचिव रामाज्ञा पाण्डे, राष्ट्रिय मधेश समाजवादी
पार्टीमा जिल्ला अध्यक्ष राधेश्याम यादव, सद्भावनाका जिल्ला अध्यक्ष बिजय अग्रहरी, तराई मधेश सद्भावना
पार्टीका केन्द्रीय महासचिवं धिरेन्द्र पटेल, जगदिश चौधरी, मधेशी मोर्चाका संयोजक मुकुरजी गिरी संघीय
समाजवादी फोरमका जिल्ला अध्यक्ष धरेन्द्र यादव सद्भावनाका केन्द्रीय सदस्य सत्राजित यादवलगायतले सम्बोधन
गर्दै मधेश स्वायत प्रदेश हुनुपर्नेमा जोड दिनुभएको थियो ।

त्यस्तै सभामा पुर्वरक्षा राज्य मन्त्री रामबच्चन
अहिर यादव फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अनिल गौड जिल्ला अध्यक्ष सुभासचन्द्र गिरी, तमलोपाका करम
हुसैन अन्सारी ,रामप्रित यादव, फोरम लोकतान्त्रिकका उमेश यादवलगायतले मधेश र थरुहट आन्दोलनमा दमन भएको
भन्दै भत्र्सना गर्नुभएको थियो ।

त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टी क्षेत्र न ६ को पार्टी कार्यालयमा तोडफोड गर्नेहरुलाई
कानुनी कारवाही गर्न मधेशी थरुहट संयुक्त संर्घष समिति नवलपरासीले माग गरेको छ ।

संर्घष समितिको अगुवाईमा इलाका प्रहरी
कार्यालय बेलाटारीमा गएका प्रतिनिधिहरुले पार्टी कार्यालय तोडफोड गर्नेहरु माथि २४ घण्टा भित्र पक्राउ
गरी कानुनी प्रक्रिया अगाडि बढाउन माग गरेको हो ।

सो माग पुरा नभए दोषी उपर आफैले कारवाही गर्ने र सो को जिम्मेवार प्रहरी
प्रशासन स्वयम् हुनुपर्ने उनीहरुले चेतावानी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई