२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राष्ट्रपति रनिङ्गशिल्ड खेलाडी उत्पादन र खेलपुर्वाधारको कडि वन्दै

५ भाद्र २०७१, बिहीबार ०५:३५

keshav regmiबिद्यालय स्तरवाट खेलाडी उत्पादन गर्ने उनिहरुको
शारिरिक विकास मानसिक विकास ,संवेगात्मक विकास र सामाजिक विकास हुने उद्धेश्यका साथ युवा र खेलकुद
क्षेत्रको विकास र विस्तारको लागि दोश्रो जनआन्दोलन ०६२।०६३ पछि ९।लोकतन्त्र स्थापना पश्चात० २०६५ भाद्र
१५ गते विधिवत स्थापना भएको युवा तथा खेलकुद मन्त्रालयले गर्ने विभिन्न कार्यमध्ये राष्ट्रपति रनिङ्ग
शिल्ड ,जुन प्रत्येक जिल्ला ,क्षेत्र र केन्द्र स्तरमा राष्ट्रिय खेलकुद परिषद् अन्र्तगत रहेका जिल्ला
खेलकुद विकास समिति ,क्षेत्रिय खेलकुद विकास समिति र राष्ट्रिय खेलकुद परिषदले जिल्ला शिक्षा कार्यालय
संग समन्यय गरी संचालन गर्ने एक खेल क्षेत्रका कडिको रुपमा रहेको महत्वपुर्ण कार्यक्रम हो । जुन नाम
देशको गरिमामय राष्ट्रपतिको नाम संगै जोडिएको र खेल प्रतियोगिताको माध्यमवाट देश कालागि दक्ष नागरिक खेल
क्षेत्रवाट उत्पादन गरि देशको नाम राख्ने होनाहर प्रतिभाहरुको प्रष्फुटन गर्ने उदेश्यका साथ यो
कार्यक्रम हाम्रो सामु छ ।

युवा तथा खेलकुद मन्त्रालयको स्थापना पश्चात तत्कालिन शिक्षा तथा खेलकुद मन्त्रालय वीरेन्द्र
रनिङ्ग शिल्ड प्रतियोगिताको नामबाट जिल्ला शिक्षा कार्यालय क्षेत्रिय शिक्षा निर्देशनालय र मन्त्रालयले
जिल्ला क्षेत्र र केन्द्रिय कार्यक्रम सम्पन्न गर्ने परम्परा लाई नेपाल सरकारको मिति २०६५ माघ २ गतेको
निर्णयअनुसार जिल्ला स्तरको प्रतियोगिता संचालन गर्न प्रतियोगिता संचालन निर्देशिका २०६७ समेत जारी भै
आयो ।प्रत्येक बर्ष निर्देशिकाहरु परिवर्तन हुदै २०७० सालसम्म मन्त्रालयबाट जारी निर्देशिकामा निकै
परिबर्तन भएको महशुुसस गरेका छौ । निर्देशिकामा प्रतियोगिता संचालन गर्न प्रतियोगितामा समावेश खेलहरु
नतिजा निकाल्न प्रयोग हुने मापदण्ड समय अनुसार फरक परिरहनु निर्देशिकाका कमजोर पक्ष रहेको सबैले महशुुस
गरेको अवस्था हो । नया मन्त्रालय स्थापना संगै कर्मचारिको अनुभवका कमिको कारणले बर्षेपिच्छे राष्ट्रपति
रनिङ्ग शिल्ड प्रतियोगिता संचालन निर्देशिकामात्र परिवर्तनले यो प्रमाणित गर्दछ ।

राष्ट्रपति रनिङ्ग शिल्ड नामबाट
संचालन हुने जिल्ला स्तरमा अन्तर मावि खेलकुद प्रतियोगिता नवलपरासी जिल्लामा नियमित रुपमा भैरहेको यहा
जानकारी गराउन चाहान्छौ । प्रतियोगिता संचालनको विधि राष्ट्रपति रनिङ्ग शिल्ड निर्देशिका २०७० को हु वहु
मिल्ने जिल्लाका रुपमा पनि लिन सकिन्छ ।

राष्ट्रपति रनिङ्गशिल्ड
२०६९ सम्म संचालन हुदा जिल्लालाई ४ क्षेत्रमा विभाजन गरी क्षेत्रिय स्तरमा विद्यालय छनौट गरी फाईनल खेल
आयोजना गरी अधिकतम विद्यालय सहभागिता गराउदै प्रतियोेगिता संचालन शैलि पनि मिनि ओलम्पीक रुपमा चल्ने
परम्परा अगिकार गरिएको छ ।नवलपरासी जिल्लाकाृे भौगोलिक वनावट अनुसार अधिकतम विद्यालयको सहभागितामा
जिल्लाका खेल प्रेमी शिक्षकहरु र खेल प्रेमी प्र अ हरुको वाक्लो सहभागतिा हुन नवलपरासी जिल्लामा नियमीत
खेल हुनु को आधारको रुपमा लिन सकिन्छ ।

न्युन खेलकुदलाई
विनियोजित वजेटका वावजुत पनि खेल आयोजनामा हुने खर्चको व्यवस्थापन सजिलै गर्ने र खेललाई महत्वका साथ
लिने अभिभावकको पनि कमि छैन नवलपरासीमा जस्ले गर्दा नियमित विद्यालय स्तरका प्रतियोगिता हुनु र अझै
जिल्लामा केही स्रोत केन्द्र स्तरमा समेत लगातार यै किसिमका प्रा वि लेवल , निमावी लेवलका एथलेटिक्सका
इभेन्ट्रस हरु हुनु यस जिल्लाका आर्कषण समेत हुन भन्ने हामीले महसुस गरेका छौ ।

क्षेत्र स्तरमा आयोजक विद्यालयले त्यस क्षेत्रमा सहभागि हुने विद्यालयबाट प्राप्त
न्युन प्रवेश शुल्क र विद्यालयले प्रतियोगिता संचालनको लागि सहयोग संकलन गरि प्रतियोगिता भब्यरुपमा
संचालन गर्ने गरेका छन । स्थानिय साधन स्रोतको अधिकतम प्रयोग भएको यहा प्रष्ट नै हुन्छ । विद्यार्थीमा
लुकेकाृ प्रतिभाहरुलाई प्रत्येक क्षेत्रबाट प्रत्येक एथलेटिक्स इभन्ट्समा प्रथम,दोश्रो र तश्रो हुनेलाई
फाइनलमा हुने प्रतियोगितामा मौका दिई रहको थियो भने भलिबलतर्फ छात्र ÷छात्राका सेमिफाईनलमा पुग्ने
समुहलाई मौका दिने गरिएको र यो वर्ष समेत निरन्तरता दिइएको छ ।क्षेत्र र फाईनल खेल आयोजना गर्ने
विद्यालयले सहभागि हुन आउने सम्पूर्ण विद्यालयका खेलाडी आफिसियललाई बसोबासको ब्यवस्था मिलाउनुपर्ने तर
अफिसियललाई निर्णायकलाई भने खाना बस्ने ब्यवस्था गरि रहेका हुन्छन । जुन जिल्लामा विद्यालयका कोठाहरु
प्रयोग गरि वस्ने ब्यवस्था मिलाईन्छ ।

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७० निर्देशिका
अनुसार निर्वाचन क्षेत्र स्तरीय छनौट गरी फाईनल खेल संचालन गर्ने गरी निर्देशिन दिए अनुसार सल्लाहकार
समितिको वैठक ,जिल्ला खेलकुल विकास समितिको निर्णय र प्रस्ताब समेत पेश गर्नुपर्ने निर्देशन प्राप्त भए
अनुसार जुनकार्य गर्ने नवलपरासी खेलकुद विकास समितिलार्य कुनै गाहे भएन जुन सहजरुपमा सम्पन्न गरी २०७०
पौष ४ गतेदखि पौष १० गतेसम्म जिल्लामा ६ निर्वाचन क्षेत्रमा एकैचोटि क्षेत्रिय प्रतियोगिता संचालन गरीयो
र फाईनल खेलको विधिवत उद्घाटनको लागि युवा तथा खेलकुद मन्त्रालयका सचिव हरीप्रसाद नेपाल को प्रमुख
आतिथ्यतामा सम्पन्न गरियो ।

निर्देशिकामा जेजस्तो लेखिएतापनि निर्वाचन क्षेत्रबाट प्रत्येक क्षेत्रबाट एथलेटिक्सतर्फ
प्रथम ,द्धितिय र तृतिय स्थान प्राप्त गर्ने विद्यालयका छात्र छात्रा र भलिबल तर्फ सेमिफाईनलमा पुगेका
समुहका खेलाडिलाई सहभागि गराईयो जुन कुरा कार्यक्रममा सहभागि हुन आउनुभएका युवा तथा खेलकुद मन्त्रालयका
सचिव श्री हरीप्रसाद नेपाल लाई जाहेर समेत गरेका थियौ । त्यो प्रकृया मन्त्रालयले सचिव ज्यू काठमाण्डौ
फर्केपछि तत्कालै निर्देशिका नै परिवर्तन गरि अन्य सवै जिल्लमा तत्कालै पविर्तनको सन्देश भै आउनु यो
जिल्लाको खेल आयोजनाको शैलिलाई समर्थन गर्नु रहेको महशुस गरिएको आभास हुन्छ ।

केशब रेग्मी

परासी, नवलपरासी ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ