2026-07-07 09:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

रजहरमा प्रधानमन्त्रिद्धारा भवन उद्घाटन:-समग्रमा हेर्दा । (समिक्षा)

दिपेन्द्र रेग्मी/कार्तिक-१९ , नवलपरासि ।

नवलपरासीको रजहर स्थित प्राकृतिक चिकित्सालयमा १ करोड ८० लाखको लागतमा वनाईएको नव निर्मित
भवनको उद्घाटन गर्न प्रधानमन्त्रि शुशिल कोईराला नवलपरासि आउनु भएको थियो ।

मंगलवार दिउँसो करिव २ वजे रजहर आईपुग्नुभएका
प्रधानमन्त्रिलाई स्वागत गर्नका लागि नवलपरासि जिल्लाको ४ वटा निर्वाचन क्षेत्रका विजयि सभासदहरु एवं
विभिन्न नेता कार्यकर्ता र सवैभन्दा धेरै एउटै विद्यालयका विद्यार्थिहरु सहभागि थिए ।

प्रधानमन्त्रि आएको कार्यक्रमको लागि
भन्दै विद्यालयनै वन्द गरि विद्यार्थिलाई लगेकोले केहि अभिभावकहरुले आक्रोश पोख्दै पनि थिए भने
विद्यार्थिले विद्यालयले कार्यक्रममा सवै जानु पर्छ भनेकोले आएको वताएका थिए ।

कार्यक्रममा कांग्रेसि नेतृ शुजाता कोईराला,
नेता कृष्ण चन्द्र नेपालि, डां शंशाक कोईराला, विक्रम खनाल, देवकरण कलवार लगायत कांग्रेसका नेताहरुको
विषेश उपस्थिति रहेको कार्यक्रममा नेकपा एमालेका सभासद कृष्ण पौडेल, जिल्ला अध्यक्ष रोशन वहादुर गाहा,
त्यस्तै एकिकृत नेकपा माओवादिका पूर्व सभासद सिता वौडेल लगायतको समेत उपस्थिति रहेको थियो ।

नेपाल अधिराज्यभरका सवैजसो
सञ्चारमाध्यामका पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्रि कोईरालाले सम्वोधन गर्दै गर्दा
स्टेजमा रहेकाहरु तर्फ फर्किएर भन्नु भो ः कति गते आउँछ रे २२ कि कति ? त्यसपछि स्टेजमा रहेकाहरु सवैले
भने ः माघ ८, माघ ८, ।

प्रधानमन्त्रिकै संविधान जारि गर्ने मितिको यो अनविज्ञता प्रति उहाँको भाषणलाई रेकर्ड
गरिरहेका पत्रकारहरुमा विषेश हाँसोको फोहोरानै छुटेको थियो । त्यसपछि उपस्थितहरुको माझमा विष्लेशण शुरु
भो, हेर नेपालको दुर्भाग्य, प्रधानमन्त्रिलाई नै संविधान जारि गर्ने मिति थाहा छैन भने कसरी देशले
संविधान पाउला ? कार्यक्रममा २५ मिनेट भाषण गर्नुभएका प्रधामन्त्रिको भाषण सुनेर उहाँले भन्नु भएको यहि
हो भनेर वुझ्न सकिने कुनै पनि कुरा नै थिएन ।

सम्वोधनमा कोइरालाले भन्नु भयो ः हाम्रो पार्टि कांग्रेस र एमालेले प्रस्ताव
गरेको ७ प्रदेशिय खाकामा नवलपरासी जिल्लालाई बिभाजित गरिएको भएपनि कृष्णचन्द्र जिले टुक्र्याउन हुन्न
भन्नु भा छ, नटुक्र्याउनुस…, द्वन्द हुन सक्छ ।

प्रधानमन्त्रिवाट जिल्लालाई विभाजित गर्न दिने छैन भन्ने प्रतिवद्धता
सुन्न चाहेका जनताहरु उल्टै जनताले नै जिल्ला टुक्र्याउन चाहे जस्तो नटेक्र्याउनुस भन्ने सुनेपछि वाल्ल
परिरहेका थिए ।

प्रधानमन्त्रि आउनु भो जानु भो एक्कैछिनको तामझाम, हल्ला खल्ला र सुरक्षामा कडाई वाहेक
नवलपरासि जिल्लाको लागि कुनै पनि फाईदाको कुरा सावित हुन नसकेको राजनितिक विष्लेशकहरुको भनाई रहेको छ

चितवन निवासी गौरी
देबी प्रधानले आफ्नो श्रीमान्को स्मृतिमा प्राकृतिक चिकित्सालयको नवनिर्मित भवन निमार्णकालागी १ करोड
भन्दा वढि रकम सहयोग गर्नुभएकोले  नव निर्मित भवनको नाम श्याक कृष्ण स्मृति भवन राखिएको छ । जुन भवनमा ८
वटा कक्ष रहेको छ ।

सोहि उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै काग्रेस नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री शुसिल
कोइरालाकै कार्यकालमा देशले नयाँ सविधान पाउने दावी गरिरहँदा भिडम दुई कार्यकर्ता विच उहाँको त्यो
सम्वोधनलाई मजाक वनाउँदै कुुरा हुँदै थियो ः जुन प्रधानमन्त्रिलाई आँफुहरुलेनै भनिरहेको संविधान जारि
गर्ने मिति थाहा छैन उसैको पालामा संविधान वन्छ रे, सव् नेताको वक्वास ।

नेतृ कोईरालाले विवादीत विषयमा छिट्टै सहमति
हुनेभएकाले निर्धारित समयमै संविधान आउनेमा विश्वस्त हुन सवैलाई आग्रह गर्दा अर्को भनाई सुनियो ः सधैँको
रटान, ।

नवलपरासिवाटै
विजयि भएर जानु भएका काग्रेस नेता तथा सभाषद डा. शसाङक कोइरालाले स्थानिय विकासकालागि यहिँको समुदाय
लागि पर्नु पर्छ भनेर सम्वोधन गर्दा ः सवै जनतालेनै गर्नु पर्छ, जनताले नै गर्ने हो भने यिनिहरुलाई
चुनेको के अर्थ ? होईन सर ? एकजनाले आफ्नो मित्र तर्फ प्रश्न गर्दै हुनुहुन्थ्यो ।

कार्यक्रमवाट निस्कँदै गर्दा एक जना
मित्रले भन्नु भो देशका नेता यस्तै भएर त विकासले गति नलिएको हो नि, भाषण गर्ने वेलामा प्रेमिले
प्रेमिकालाई तारा झार्छु भनेर गफ लाएँझै गफ लाउँछन्, जनताको हितको लागि कुनै निर्णय हुने भो भने त्यसको
विरोधि पनि तिनै नेता हुन्छन् ।

समग्रमा प्राकृतिक चिकित्सालयको नयाँ भवनको उद्घाटन भो अव प्राकृतिक थेरापि वाट उपचार चाहाने
विरामिको लागि केहि सहजता थपिने भो यो राम्रो पाटो हो । तर नेताहरु आए, माईक्रो फोन समाए, अर्थै नभएका
भाषण सुनाए, अनि गए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली