दयाराम आचार्य/ कात्तिक १९, नवलपरासी
। नवलपरासीको कावासोती नगरपालीका ८ स्थित बाल कृष्ण घिमीरेको घरबाट आज बिहान करीब साढे तिन लाख
बराबरको धनमाल चोरी भएको छ ।
ईलाका प्रहरी कार्यलय नवलपुरले
दिएको जानकारी अनुसार आज बिहान करीब २ बजेको समयमा घरको झ्यालको ग्रिल खोलेर साढे ५ तोला सुनका गरगहना
,१ थान ल्यापटप,१ थान क्यामेरा,१ थान मोवाईल र नगद ८ हजार गरी साढे ३ लाख बराबरको सामान चोरी भएको हो ।
घटनाको बारेमा अनुसन्धान तथा चोरको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।