अमृत बास्तोला/पुस २९, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई शुक्रबार अमेरीका र डेनमार्कबाट सहयोग रकम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमृत बास्तोला/पुस २९, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई शुक्रबार अमेरीका र डेनमार्कबाट सहयोग रकम"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

संक्रान्तिबजारका अग्निपिडितलाई अमेरीका र डेनमार्कबाट सहयोग

२९ पुष २०७३, शुक्रबार १०:३४

अमृत बास्तोला/पुस २९, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई शुक्रबार अमेरीका र डेनमार्कबाट सहयोग रकम उपलब्ध भएको छ । 

संक्रान्तिबजार घर भई हाल वाईट हेड ईन्जिनियरीङ कम्पनि नेपालमा कार्यरत सफ्टटवेयर ईन्जिनियर मदन ईङनामले अमेरीका र नेपालमा संकलित १६ लाख ११ हजार बाराबरको सहयोग रकम र जिन्सी सामग्री पिडित परिवारलाई उपलब्ध गराउनु भएको छ । 

संक्रान्तिबाजर आईपुग्नुभएका ईन्जिनियर ईङनामले आगलागी क्षेत्रको अवलोकन पश्चात्, ईलाका प्रहरी कार्यालयमा औपचारीक कार्यक्रमको आयोजना गरी १२ लाख ११ हजार रुपैयाको चेक उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष प्रेम पैडेललाई हस्तान्तरण गर्नु भएको छ । त्यस्तै ६० अग्निपिडित परिवारलाई ४ लाख बराबरको प्रेसर कुकर, कराई र थर्मस वितरण गर्नु भएको छ । 

ईन्जिनियर ईङनामको  एकल प्रयासमा अमेरीकाबाट १५ लाख ६६ हजार रुपैया र नेपाल स्थित ईन्जिनियरीङ कम्पनिबाट ४५ हजार रुपैया सहयोग रकम संकलन गरिएको बताइएको छ । संकलित सहयोगबाट अग्निपिडित परिवारहरुलाई दैनिक जिविकोपार्जनका लागि भान्साकोठामा आवश्यक राहत सामग्री उपलब्ध गराईएको ईन्जिनियर ईङनामले बताउनु भयो । 

संक्रान्तिबजारमा भएको आगलागीका पिडित परिवारलाई ईङनामको अनुरोधमा अमेरीकाका नगरीक मार्क डियोनीले अमेरीकामा सहयोग अभियान संचलान गर्नु भएको थियो । डियोनीको अभियानमा अमेरी नगरीक पेटर डोजी, ब्रयन स्टार बर्क लगायतले सहयोग गर्नु भएको बताइएको छ ।  

डोजीले २०३५ साल देखि निरन्तर ३ वर्ष त्रिमहोन माध्यमिक विद्यालय संक्रान्तिबजारमा विज्ञान विषयको शिक्षण गर्नु भएको बताइएको छ । त्यस्तै डियोनी पनि केही वर्ष अघि संक्रान्तिबजार भ्रमणमा आउनु भएको ईन्जिनियर ईङनामले बताउनु भयो ।

अग्निपिडित परिवारलाई उत्ता डेनमार्कबाट पनि शुत्रबार सहयोग रकम उपलब्ध भएको छ । संक्रान्तिबजार हाल डेनमार्क निवासी रोशन सिटौला र राजु शिवाकोटी मार्पmत डेनमार्क ग्रुपले संचालन गरेको अभियानबाट सहयोग रकम उपलब्ध भएको छ । ईलाका प्रहरी कार्यालय संक्रान्तिमा भएको कार्यक्रममा समाजसेवी शिवाकोटीको आमा सरला शिवाकोटीले ३ लाख २६ हजार २ सय ६७ रुपैयाको चेक उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष पैडेललाई हस्तान्तरण गर्नु भएको छ । 

पुस १ गते भएको भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह