नरी बडु | माघ २, बैतडी । बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका बजारमा यसपाली तरुल नपाईदा माघि पर्व खल्लो भएको छ ।

स्थानीय बजारमा तरुल, सकल्गंञ्ज, पिडालु लगाय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु | माघ २, बैतडी । बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका बजारमा यसपाली तरुल नपाईदा माघि पर्व खल्लो भएको छ ।

स्थानीय बजारमा तरुल, सकल्गंञ्ज, पिडालु लगाय"/>

2026-09-16 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बजारमा तरुल नपाइदा माघि खल्लो

नरी बडु | माघ २, बैतडी । बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका बजारमा यसपाली तरुल नपाईदा माघि पर्व खल्लो भएको छ ।

स्थानीय बजारमा तरुल, सकल्गंञ्ज, पिडालु लगायतका अन्य कन्धमुल फलफूल नपाईदा माघि पर्व खल्लो भएको स्थानीयको गुनासो छ ।

यसपाली जिल्लाको गोठलापानी, गडी र शाहिलेक बजारमा कन्धमुल फलफुल देख्नै मुस्कील छ । “माघिमा खाइने खानाका परिकारनै नभएपछि रमाइलो भएन” स्थानीय मोहन चन्दले भने ।

जिल्लाको देहिमाण्डौँ, सिल्लेगडा, खोड्प्, पाटन र गोकुलेश्वर लगायतका बजारहरुमा पनि कन्धमुल फलफुल नपाईएको जिल्लाको गोकुलेश्वरका स्थानीय उमेस जोशीले बताए ।

“अरु वर्षहरुमा वन तरुल पनि पाईने यस जिल्लामा यसपाली घर तरुल समेत पाईएन” स्थानीय अर्जुन कुवरले भने ।

यो सिजनमा पहिलेका वर्षहरुमा तरुल खाएर रमाईलो गरिन्थ्यो । बड्दो झारी विनासका कारण वन तरुल त पाईनै छोडेको स्थानीयको भनाई छ ।

सकलगञ्ज, पिडालु लगायतका कन्धमुल फलफूलहरु जंगली जनावरले नष्ट गर्ने हुदा यो खेती प्रति किशानहरुको आक्रषण समेत घट्दै गएको छ ।

जंगली जनावर बदेल, दुम्सी र मुसाले कन्धमुल फलफूलहरु नष्ट गर्ने गरेको स्थानीय किशान नारायण बडुले बताए ।

वन तरुल झारीहरुमा बढी फल्ने गर्दछ । घरतरुल अधिल्ला वर्षहरुमा माग अनुसार पुर्ति हुदै आएको थियो । “तर यस वर्ष किशालहरुले नै गाँउबाट तरुल ल्याएनन्” स्थानीय तरकारी व्यवसायि प्रेम बोगटीले भने ।

अधिल्लो वर्ष वन तरुलको मल्य प्रतिकेजि एक सय थियो  भने घरतरुलको मुल्य प्रतिकेजि ६० रुपयाँ थियो । तर यस वर्ष बजारमा तरुलै नभएपछि मुल्य समेत थाहा नभएको बोगटीको भनाई छ ।

बैतडीको ग्वाल्लेक, दुर्गास्थान, सिद्धपुर, सिद्धेश्वर, सकार, कैलपाल लगायतमा अन्य क्षेत्रमा पनि तरुल पाईन्छन् ।

घरतरुल नफलेको र वन तरुल खन्न जाने किशानहरु रोजगारीको सिलसिलामा बाहिर भएकाले यसपाली बजारमा तरुल अभाव भएको स्थानीय व्यापारीहरुको भनाई छ ।

अधिल्लो वर्ष माघि पर्वको समयमा तरुल किन्ने उपभाक्ता, व्यापारी र बेच्ने किशानहरुको निकै घुइचो हुने यस जिल्लामा यस वर्ष बजार सुनसान छ ।

क्याप्सनः बैतडीको गडी बजारमा रहेको सन्तोस कनौजियाको तरकारी पसल । बैतडीका बजारमा यसपालीको माघिमा तरुल छैन् । तस्बिरः नरी बडु/साझासवाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल