माघ २, दाङ | यसवर्ष गत वर्षको तुलनामा ११ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । 

जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत रवीन धितालका अनुसार जिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २, दाङ | यसवर्ष गत वर्षको तुलनामा ११ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । 

जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत रवीन धितालका अनुसार जिल्"/>

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दाङमा धान उत्पादन एघार प्रतिशतले बढ्यो

२०७३, २ माघ आईतवार ०८:०२

माघ २, दाङ | यसवर्ष गत वर्षको तुलनामा ११ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । 

जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत रवीन धितालका अनुसार जिल्लामा यसवर्ष एक लाख ६९ हजार १०८ मेट्रिक टन धान उत्पादन भएको हो । 

गतवर्ष एक लाख ४९ हजार ६५० मेट्रिक टन धान उत्पादन भएको थियो । कुल ३८ हजार १०० हेक्टर जमिन धानखेती हुँदै आएकामा यसवर्ष ३६ हजार ५०० हेक्टर जमिनमा मात्रै धानखेती भएको कार्यालयले जनाएको छ । 

गतवर्ष भन्दा यसवर्ष धान उत्पादन राम्रो भएपछि किसान पनि हर्षित भएका छन् । कार्यालयका अनुसार वर्षा समयमै हुनु, उपयुक्त समयमा रासायनिक मल उपलव्ध हुनु र वर्षात नियमित भएकाले धान उत्पादन बढेको हो । 

जिल्लामा विन्देश्वरी, राधा सात, मन्सुसीजस्ता उन्नत जात तथा अन्य हाइब्रेट धान किसानले लगाउँदै आएका छन् । 

यसरी गत वर्षको भन्दा यसवर्ष धान उत्पादन बढेपनि यहाँका सर्वसाधारणले भने अन्य जिल्लाबाट आएको चामल खान बाध्य छन् भने धान उत्पादनमा दाङ आत्मनिर्भर भए पनि यहाँको चामल अन्यत्र जाने गरेको बताइएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ