२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा भएको राईनो संरक्षण गोल्डकपको उपाधि काठमाण्डौ ११ ले चुम्यो

८ मंसिर २०७२, मंगलवार १२:०८

दयाराम आचार्य/मंसिर ८, नवलपरासी । गैडा संरक्षणमा टेवा पुर्याउने
उद्देश्यका साथ नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा
जारीे राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताको उपाधि काठमाण्डौ ११ ले चुमेको छ ।

काठमाण्डौ ११ र योङ स्टार कावासोती बिच भएको फाईनल भिडन्तमा बाठमाण्डौ ११ ,१/०
गोल अन्तरले बिजयी हुदै उपाधि आफ्नो कब्जामा पारेको हो ।

rhino gold cup football
game

निकै प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारीत समयमा
दुवै समुहबाट कुनै पनि गोल नभए पछि खेल १० मिनेट थप गरीएको थियो ।
थप गरीएको समयको चौथो मिनेटमा
काठामाण्डौ ११ का जर्सी नम्बर ७ का अभिषेख रिजालले गोल गर्दै आफ्नो समुहलाई जित दिलाएका हुन

बिजेता हुदै काठमाण्डौ ११ले १ लाख २५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ भने उपबिजेतामा
चित्त बुझाउन बाध्य योङ स्टारले ६५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ ।

खेलको अन्तिम समयमा योङ स्टारका कप्तान बर्षात गुरुङले रातो कार्ड खादै बाहिरीएका थिए । यसै
बिच प्रतियोगिताको आज एक कार्यक्रमका बिच समापन गरीएको छ । प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालिको
प्रमुख आतित्थ्यता नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितीका अध्यक्ष दोमन बहादुर भण्डारीको अध्यक्ष्ँतामा
भएको कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख एव प्रतिनिधि,बिभिन्न संघ सस्थाका प्रमुख एवम प्रतिनिधि
लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा आधुनिक गायक हेमन्त शर्मा र लोक दोहोरी गायीका उमा गिरीले
आफ्नो सागिंतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा नवलपरासी , चितवन, रुपन्देही ,
कास्कि , काडमाण्डौ , पाल्पा, मकवानपुर सहितका जिल्लाहरुबाट १६ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै