2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बिग्रिएर रोकेका सवारीले सडक दुर्घटना बढ्यो

दयाराम आचार्य/ मंसिर १५, नवलपरासी ।
नवलपरासीमा राजमार्गको दुरी लामो भएका कारण र राजमार्ग आसपासमा बस्तिको चाप पनि बढि भएकोले पनि
सवारी दुर्घटना बढि हुने गरेको देखिएको छ ।

यो संगै सडकमा
बिग्रिएर रोकि राखेका साधनले पनि सवारी दुर्घटना बढि हुने गरेको छ । अझ चीसो मौसममा बाक्लो हुस्सु
लागेको समयमा बिग्रिएर सवारी साधन बाटोमा रहदा अन्य सवारी ठोकिएर दुर्घटना बढि हुने गरेको पाईएको जिल्ला
ट्राफिक प्रहरीकार्यलय नवलपरासीले जनाएको छ ।

मंसिर महिनामा
मात्रै भएका चार वटा सवारी दुर्घटना बिग्रिएर सडकमा रोकिराखेका सवारीमा अन्य सवारी ठोकिएर भएका छन

मंसिर ७ गते राति गैडाकोट १० मा रोकिराखेको ट्रकमा यात्रुबहाक
बस ठोकिदा दुई जनाको घटना स्थलमै मृत्यो भयो भने ११ जना गम्भिर घाईते भएका थिए । यस्तै मंसीर ७ गतेनै
कावासोतीको डण्डामा रोकिराखेको बसमा अर्को यात्रु बहाक बस ठोकीन पुग्दा २ जना गम्भिर सहिति १५ जना घाईते
भए भने मंसिर ८ गते राति रामनगरमा सडकमा रोकिराखेको ट्याक्टरमा मोटर साईकल ठक्कर खादा १ जनाको मृत्यु
भएको थियो ।
त्यस्तै गरी मंसिर १२ गते राति चोरमारामा बिग्रिएर रोकिराखेको ट्रकमा जन्ति बस ठोकिदा ८
जना गम्भिर सहित १३ जना घाईते भएका थिए ।

यसरी मंसिर महिनाको १५
दिन भित्रमै सडकमा बिग्रिएर रोकिराखेका सवारीमा अन्य सवारी ठोकिदा भएका ४ वटा सवारी दुर्घटनामा ३ जनाको
मृत्यु तथा ३९ जना घाईते भएको देखिन्छ ।

यस कारण पनि यसरी हुने
दुर्घटना न्युनिकरणको लागि सवारी धनि स्वयम र रातिको समयमा सवारी चलाउने जो कोहि पनि चनाखो हुन आवश्यक
रहेको ट्राफिक प्रहरीको भनाई रहेको छ ।

सडकमा बिग्रिएर रोकि
राखेको सवारी हटाउने कुनै पनि साधन जिल्ला ट्राफिक प्रहरी कार्यलय संग नभएको हुदा सवारी धनि संग चाडो
हटाउ भन्नु भन्दा अर्को बिकल्प नरहेको ट्राफिक प्रहरी कार्यलयका पदम बडुले बताए ।

जिल्ला भरीनै बिग्रिएर रोकिराखेका साधन सडक बाट हटाउन कार्यलयको आफ्नो साधन
नभएको र कति पय अवस्थामा सडकमा सवारी बिग्रिएर राखेको हो वा पार्कि¨ गरी राखेको हो भन्ने जानकारी नहुदा
समेत समस्या भएको बडुले बताए ।

बिग्रिएका साधन सडकमै लामो समय
सम्म छाडदा र रातिको समयमा जहा पायो त्याही सवारी पार्की¨ गर्दा सवारी दुर्घटना बढि हुन अझ चीसो मौसममा
हुस्सुका कारण सडकमा रोकिएका सवारी देख्न नसक्दा अन्य सवारी ठोकीएर दुर्घना बढि हुने गरेको बडुले बताए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई