2026-09-16 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बाजुराका खडेरी क्षेत्रमा चारसय मेट्रिक टन चामल

प्रेम रौले/माघ ५, बाजुरा । जिल्लाका खडेरी प्रभावित भएका पाँच गाविसमा रु ३० लाखको चामल सहयोग गरिएको छ । 

कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत बाजुरा जिल्लामा सुक्खा तथा खडेरी प्रभावित गाविसमा रहेका समुदायका लागि राहतस्वरुप चामल सहयोग गरिएको बताइएको छ । 

गाविसका प्रत्येक वडामा विकास निर्माणका पूर्वाधारको संरचना निर्माण गरेपछि दैनिक ज्यालामा काम गराएर चामल सहयोग गरिएको विश्व खाद्य कार्यक्रम, बाजुराका संयोजक गणेश पाध्यायले बताउनुभएको छ । चामल सहयोग मानाकोट, दहकोट, रुगिन, साप्पाटा र विच्छ्या गाविसमा गरिएको पाध्यायले बताउनुभयो । 

गाविसहरु कृषि विकास कार्यालय र जिल्ला विकास समितिको सिफारिसमा छनोट गरिएका थिए । बढी प्रभावित र स्थानीय आयस्तरलाई हेरेर कामका लागि खाद्यान्न सञ्चालन गरिएको साझेदार संस्था सप्रोप नेपालका कार्यक्रम संयोजक बलबहादुर रोकायाले बताउनुभएको छ । 

खडेरी प्रभावित १३ गाविसमध्ये छनोट गरिएका छ गाविसमा बढी जोखिम र प्रभावित रहेको जिल्ला कृषि विकास कार्यालय बाजुराका निमित्त कृषि विकास अधिकृत मीनप्रसाद जैशीले बताउनुभएको छ । 

कार्यक्रम एक वर्षसम्म सञ्चालन गरिएको हो । खडेरी र प्राकृतिक प्रकोपका कारण २०७२÷०७३ मा रु साढे १६ करोड र २०७३÷०७४ मा रु ११ करोडभन्दा बढीको अन्नबाली जिल्लामा नोक्सानी भएको थियो । 

कार्यक्रममा पाँच गाविसमा तीनहजार १३३ घरधुरी लाभान्वित भएको बताइएको छ जसमध्ये विच्छ्यामा ७२.१५ मेट्रिक टन, दहकोटमा ११२.०८, रुगिनमा ७२, मानाकोटमा ६७.०५ र साप्पाटामा १४५.९५ गरी जम्मा ४६९.९५ मेट्रिक टन चामल सहयोग गरिएको छ । 

खडेरीले उत्पादन नहुने हँुदा रोजगारीको अभावमा आम्दानी पनि नहुने हुँदा उच्च जोखिममा रहेको समुदायलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रमअन्तर्गत मानाकोटमा कृषि सडक र खानेपानी मर्मत गरिएको छ भने दहकोटमा तीन सिँचाइ कुलो, खच्चर बाटो निर्माण तथा स्वास्थ्य चौकी एकाइ भवन निर्माण गरिएको छ । 

त्यसैगरी, साप्पाटा, रुगिन र विच्छ्यामा पनि खोनपानीका मुहान मर्मत, दर्जनभन्दा बढी सिँचाइ कुलो मर्मत, खच्चर बाटो निर्माण गरिएको छ । कार्यक्रमअन्तर्गत मानाकोटमा ६६, साप्पटामा एक र दहकोटमा ४६ भकारो सुधार निर्माण गरिएको बताइएको छ । 

खाद्यान्न नभएर भोकभोकै बस्नुपर्ने अवस्था थियो, कार्यक्रमले ठूलो राहत पुगेको विच्छ्याका धर्मराज सुनारले बताउनुभयो । यसबाट सुक्खा खडेरी प्रभावित क्षेत्रका लागि सहयोग भएको निमित्त स्थानीय विकास अधिकारी प्रेमबहादुर सिंहले बताउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल