माघ ४, पर्वत । फागुनको तेस्रो साता देखि पर्वतमा महिला महोत्सव लाग्ने भएको छ । १०७ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरपारि फागुन २४ देखि २८ सम्म बृहत नवौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियो दिदीबहिनीको सातौ बार्षिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, पर्वत । फागुनको तेस्रो साता देखि पर्वतमा महिला महोत्सव लाग्ने भएको छ । १०७ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरपारि फागुन २४ देखि २८ सम्म बृहत नवौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियो दिदीबहिनीको सातौ बार्षिक"/>
2026-09-16 01:45 PM
कृषि गतिबिधी

फागुनको तेस्रो हप्तादेखि नवौं महिला महोत्सव हुने

माघ ४, पर्वत । फागुनको तेस्रो साता देखि पर्वतमा महिला महोत्सव लाग्ने भएको छ । १०७ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरपारि फागुन २४ देखि २८ सम्म बृहत नवौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियो दिदीबहिनीको सातौ बार्षिकोत्सव हुने भएको हो ।


स्थानिय रुपमा उत्पादित कृषि सामग्री तथा जडिबुटीहरुको विकास र प्रचारप्रसार गर्ने, व्यवसायको प्रर्बद्धन, पर्यटकिय सम्पदाहरुको पहिचान र विकासका लागि स्थानिय चासो निर्माण गर्नुको साथै प्रचारप्रसार गर्ने, स्थानिय मौलिक संस्कृति, भेषभुषाको संरक्षणका साथै खेलकुदको विकास र सम्मानका लागि महोत्सबले महत्वपुर्ण भुमिका खेल्ने महोत्सव मुल आयोजक समिति तथा रेडियो दिदीबहिनीकी अध्यक्ष एवं सांसद कल्पना शर्मा जोशीले जानकारी दिइन् ।


कुश्मामा महोत्सवबारे जानकारी दिनको लागि पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले महोत्सवको बारेमा जानकारी दिएको हो । महोत्सबलाई व्यापारीक भन्दा पनि स्थानिय विकास र समृद्धिको पक्षलाई बढि भन्दा बढि प्रतिफल प्राप्त गर्ने उद्देश्यले आयोजना गरेको सांसद जोशीले बताइन् ।


महोत्सवको अवसरमा राष्ट्रिय महिला भलिवल प्रतियोगिता , रत्याउली तथा भजन प्रतियोगिता, विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता, विभिन्न समूह, संस्थाहरु विचको भाँकी र ¥याली प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता, शैक्षिक प्रदर्शनी तथा नौमती बाजा प्रस्तुती, विशेषत्र डाक्टरहरुद्धारा निःशुल्क स्वास्थ्य परिक्षण, विशिष्ट व्यक्तित्व तथा सफल उद्यमी, जेष्ठ नागरिक अपाङग र एकल महिलाहरुलाई सम्मान कार्यक्रम, कृषिजन्य उत्पादन प्रर्दशनी,फलफुल, तरकारी, मह, बाख्रा, कुखुरा प्रर्दशनी लगायतका कार्यक्रमहरु महोत्सवमा हुने आयोजकले जनाएको छ । 


महोत्सवमा आयोजना हुने महिला भलिबल प्रतियोगितामा  विजेता हुनेले १ लाखm द्धितियले ६० हजार र तृतीयले ४० हजार, ¥याली तथा विभिन्न झाँकी प्रदर्शनीमा विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ७ हजार नगद प्राप्त गर्ने आयोजकले सहारान्यूजलाई बतायो । त्यसैगरी महोत्सवमा रत्यौली प्रतियोगितामा प्रथम हुनेले १२ हजार, द्धितियले ७ हजार र तृतीयले ४ हजार प्राप्त गर्नेछन् । भजन प्रतियोगिताका विजेताले १२ हजार द्धितियले ७ हजार र तृतीयले ४ हजार प्राप्त गर्नेछन् । त्यस्तै विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिताका विजेताले १२ हजार, द्धितियले ७ र तृतीयले ४ हजार पाउनेछन् । शैक्षिक प्रदर्शनी तथा बक्तृत्वकला प्रतियोगिताका  विजेताले ५ हजार, उपविजेताले ३ र तेस्रो हुनेले २ हजार पाउनेछन् भने अन्य कार्यक्रमहरुका विजेताले आकर्षक पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा राष्ट्रियका ख्यातीप्राप्त कलाकार महानायक राजेश हमाल, कोमल वली, रामजी खाँड, मुना थापा, पशुपति शर्मा, पुश्कल शर्मा, राधिका हमाल, टिका पुन, देवी घर्ती मगर, राजन कार्की लगायत मेरी बास्सै तथा भद्रगोलका कलाकारहरुको प्रस्तुती रहने छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल