2026-09-02 12:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा जनमोर्चाले मनायो अक्टोवर क्रान्ति

प्रेम सुनार/माघ ५, गुल्मी । अक्टोवर क्रान्तिबारे आज गुल्मीमा बृहत अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ । 

राष्ट्रिय जनमोर्चा जिल्ला पार्टीको आयोजनमा भएको अन्तरकृया कार्यक्रममा विभिन्न राजनैतिक दलले रुसमा लेनिनले गरेको अक्टोवर क्रान्तिबारे चर्चा गरेका थिए । लेनिनको नेतृ्त्वमा सन १९१७ सालमा रुसमा कम्युनिष्टहरुले क्रान्ति  सफल पारेका थिए । रुसी क्यालेण्डर अनुसार त्यो मिती अक्टोवर महिनामा थियो । तर रुसको नयाँ क्यालेण्डर अनुसार त्यो क्रान्ति  ७ नोवेम्वर सन २०१७ मा पर्दछ ।

यसर्थ त्यो अक्टोवर क्रान्तिलाई विश्वभरका कम्युनिष्टहरुले ७ नोभेम्बरमा बनाउँदै आएका छन् । अहिले त्यो क्रान्ति सय बर्ष पुग्न लागेकोमा वर्षैभर सतवार्षिकी अक्टोबर क्रान्ति राष्ट्रिय जनमोर्चाले देशैभर मनाउन लागिएको जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल जनजाती सम्मेलनका महासचिव रामबहादुर बुढाले कार्यपत्र पस्केका थिए । कार्यपत्रका बारेमा नेपाली कांग्रेसका पुर्व जिल्ला सचिव बिष्णु बलाल, नेकपा एमालेका सचिव सोमनाथ सापकोटा, नेकपा मसालका जिल्ला प्रवत्ता ओमेन्द्र कुँवर, राष्ट्रिज जनमोर्चाका सह सचिव कमल अर्याल, नेकपा माओवादीका जिल्ला सदस्य खिम खड्का, नयाँशक्ती नेपालका संयोजक पुनाराम ज्ञवाली, अनेरास्ववियु ( छैठौं ) का केन्द्रिय सदस्य गोपाल भट्टराई , नागरिक समाजका संयोजक पदम पाण्डे लगायले टिप्पणी गरेका थिए ।

राष्ट्रिय जनमोर्चाका जिल्ला कार्यवाहक अध्यक्ष रामेश्वर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य हरी न्यौपानेको स्वागत मन्तव्य र सचिव छविलाल सर्तुङ्गेको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली