१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा जनमोर्चाले मनायो अक्टोवर क्रान्ति

५ माघ २०७३, बुधबार १२:२४

प्रेम सुनार/माघ ५, गुल्मी । अक्टोवर क्रान्तिबारे आज गुल्मीमा बृहत अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ । 

राष्ट्रिय जनमोर्चा जिल्ला पार्टीको आयोजनमा भएको अन्तरकृया कार्यक्रममा विभिन्न राजनैतिक दलले रुसमा लेनिनले गरेको अक्टोवर क्रान्तिबारे चर्चा गरेका थिए । लेनिनको नेतृ्त्वमा सन १९१७ सालमा रुसमा कम्युनिष्टहरुले क्रान्ति  सफल पारेका थिए । रुसी क्यालेण्डर अनुसार त्यो मिती अक्टोवर महिनामा थियो । तर रुसको नयाँ क्यालेण्डर अनुसार त्यो क्रान्ति  ७ नोवेम्वर सन २०१७ मा पर्दछ ।

यसर्थ त्यो अक्टोवर क्रान्तिलाई विश्वभरका कम्युनिष्टहरुले ७ नोभेम्बरमा बनाउँदै आएका छन् । अहिले त्यो क्रान्ति सय बर्ष पुग्न लागेकोमा वर्षैभर सतवार्षिकी अक्टोबर क्रान्ति राष्ट्रिय जनमोर्चाले देशैभर मनाउन लागिएको जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल जनजाती सम्मेलनका महासचिव रामबहादुर बुढाले कार्यपत्र पस्केका थिए । कार्यपत्रका बारेमा नेपाली कांग्रेसका पुर्व जिल्ला सचिव बिष्णु बलाल, नेकपा एमालेका सचिव सोमनाथ सापकोटा, नेकपा मसालका जिल्ला प्रवत्ता ओमेन्द्र कुँवर, राष्ट्रिज जनमोर्चाका सह सचिव कमल अर्याल, नेकपा माओवादीका जिल्ला सदस्य खिम खड्का, नयाँशक्ती नेपालका संयोजक पुनाराम ज्ञवाली, अनेरास्ववियु ( छैठौं ) का केन्द्रिय सदस्य गोपाल भट्टराई , नागरिक समाजका संयोजक पदम पाण्डे लगायले टिप्पणी गरेका थिए ।

राष्ट्रिय जनमोर्चाका जिल्ला कार्यवाहक अध्यक्ष रामेश्वर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य हरी न्यौपानेको स्वागत मन्तव्य र सचिव छविलाल सर्तुङ्गेको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह