२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

भेटघाटमा ब्यस्त माओवादी

२०७२, २२ मंसिर मंगलवार ०६:५६

मंसिर २२, नवलपरासी । नेकपा क्रान्तिकारी
माओवादी नवलपरासीको मंसिर २४ गते बर्दघाटको गुम्बाहलमा हुने एकता अधिबेशनको तयारीका तमाओवादीले बर्दघाट
नगरक्षेत्रका कार्यकर्ता भेटघाट तथा घरदैलो शुरु गरेकोछ ।

माओवादी एकता र धुब्रीकरणमा पार्टी
कार्यकर्ताहरुको उल्लेख्य सहभागिता गराउनका लागि पार्टीका नेता कार्यकर्ता शहिद तथा बेपत्ता परिवार एंव
शुभेच्छुकहरु संग भेटघाटलाई तीब्रता दिइएको क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य चुडामणि
भण्डारीले बताउनुभएकोछ ।

घरदैलो तथा भेटघाट अन्तरगत मंगलबार बर्दघाट वडा नम्बर ५ को
बण्डाखोला,बर्दघाट वडा नम्बर ४ को हरियालीनगर तथा देवीनगरमा घरदैलो गरिएको क्रान्तिकारी माओवादीका
जिल्ला सदस्य गोबिन्द विश्वकर्माले जानकारी दिनुभयो ।

त्यस्तै माओवादी जनबर्गीय संगठन तथा जातीय
मोर्चाहरुले समेत भेटघाट तथा धुब्रीकरणलाई तीब्रता दिने अखिल नेपाल किसान संघ क्रान्तिकारीका जिल्ला
संयोजक छबिलाल खरेलको भनाई छ ।

त्यस्तै एकता अधिबेशनको तयारी स्वरुप इलाका नम्बर ६ र ७ ले समेत
कार्यकर्ता भेटघाट शुरु गरेको डिबी थापाले जानकारी दिनुभएकोछ  अधिबेशनमा एक सय बढि प्रतिनिधि
पर्यबेक्षकको सहभागिता रहने र २ महिनाभित्र जिल्ला सम्मेलन गरिने क्रान्तिकारी माओवादी नवलपरासीका
सहसंयोजक सुर्य न्यौपानेले बताउनुभएको छ ।

नेकपा–माओवादी र परि थापा नेतृत्वको नेकपा एकीकृतबीच
पार्टी एकता पछि नवलपरासीमा हुने जिल्ला एकता अधिबेशनलाई सम्बोधन गर्नका लागि क्रान्तिकारी माओवादीका
केन्द्रीय सचिवालय सदस्य तथा पुर्वमन्त्री देव गुरुङ आउनुहुने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी