2026-09-07 11:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

रेडियो मेन्छ्यायेमले वार्षिक उत्सव मनाउँदै

प्रकाश धौलाकोटी/माघ ६, तेह्रथुम । जिल्लाको पहिलो सामुदायिक रेडियो, रेडियो मेन्छ्यायेमले आफ्नो नवौं वार्षिक उत्सव मनाउँदैछ ।

उत्सवको अवसरमा विहीबार फेदाप क्षेत्रका विद्यालयहरुकालागि सिम्लेको पोक्लावाङ बजारमा माविस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । 

‘समाज रुपान्तरणमा सामुदायिक रेडियोको भूमिका’ विषयक सो प्रतियोगितामा इसिवु माविका सक्षम भेटुवाल प्रथम, बालमकर मावि सिम्लेकी रथिसा बुढाथोकी, महाकाली मावि सिम्लेकी अनुका चम्लागाई तृतीय भएका छन् । प्रतियोगितामा यहाँका ओयाक्जुङ, जलजले, सिम्ले, सम्दु र ईसिवुका ६ वटा माध्यमिक विद्यालयका ९ जना छात्रछात्राहरु सहभागी थिए । 

सो शीर्षकको वक्तृत्वकला प्रतियोगितामा शुक्रबार छथरको शुक्रबारेबजारमा हुने रेडियोका स्टेशन मेनेजर प्रेमचन्द्र निङ्लेखुले जानकारी दिए । प्रतियोगिता जनज्योति मावि सिम्लेका प्रधानाध्यापक हरिनारायण अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । 

विजेतालाई देउराली सोसाइटी तेह्रथुमद्धारा प्रायोजित पुरस्कारले पुरस्कृत गरिएको छ । यस्तै विहीबारै सिम्लेको पोक्लाबाङमा त्यस क्षेत्रमा रहेका रेडियोका सेयर सदस्य, विज्ञापनदाता, शुभचिन्तक र श्रोताहरुसँग रेडियोको दिगोपनाको विषयमा छलफल समेत भएको छ । 

कार्यक्रम रेडियो व्यवस्थापन समितिका सदस्य नरमाया श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । जिल्लामा हाल तीन वटा सामुदायिक रेडियो सन्चालित छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित